बागलुङको ढोरपाटन ७ घम्पुमा छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

बागलुङको ढोरपाटन ७ घम्पुमा छोरीको हत्या गरी आमाद्वारा आत्महत्या
२०७८ फाल्गुण ५ गते बिहिबार ०२:२५

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ का २३ वर्षीय हिमा वि.क ले फागुन ३ गते राति तीन वर्षीया छोरीको हत्या गरी आफूले आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । मृतक वि.क का श्रीमान रोजगारीको शिलशिलामा साउदीमा रहेको...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ का २३ वर्षीय हिमा वि.क ले फागुन ३ गते राति तीन वर्षीया छोरीको हत्या गरी आफूले आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

मृतक वि.क का श्रीमान रोजगारीको शिलशिलामा साउदीमा रहेको जनाईएको छ । वि.क ले झुण्डाएर छोरीको हत्या गरि आफुँले समेत आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

के कारणले हत्या र आत्महत्या गरेको हो भन्नेबारे अझै खुल्न सकेको छैन् । घटनाबारे थाहा पाए लगत्तै बुधबार ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको र आमा छोरीको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ फाल्गुण ५ गते बिहिबार ०२:२५
प्रतिक्रिया दिनुहोस्