बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ सोरबाङमा रहेको सोरबाङ प्राथमिक विद्यालयको ३५ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्र्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिति एवंम ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रमुख नेपालीले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्थाको वृद्धिको लागि आफु र नगरपालिका हरदम तयार रहने बताउनुभयो ।
नेपालीले यस विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन आग्रह गदैँ आफ्नो व्यक्तिगत तर्फबाट नगद रु १ लाख सहयोग गर्ने बताउनुभएको थियो । सवैको सहकार्यले मात्रै शिक्षा क्षेत्रलाई सुधार गरि अगाडि बढाउन सकिने भनाई व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गदैँ वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनले शिक्षाको गुणस्तरमा चाहे अनुसारको वृद्धि हुन नसकेको बताउदैँ देखिएका समस्या र समाधानको बारेमा स्पष्ट पार्नुभएको थियो । आफुँ वडा अध्यक्ष भएको नाताले पनि विधालयका राम्रा गतिविधिमा सधैव साथ रहने बताउनुभयो ।
कार्यक्रमका अवसरमा चन्दादाता तथा अभिभाक सम्मान समेत गरिएको थियो । कार्यक्रममा ,शिक्षक,विद्यार्थी,अभिभावक,समाजसेवी लगायत स्थानियहरुको सहभागिता रहेको थियो । वि.व्य.स अध्यक्ष धन बहादुर हर्मेलको अध्यक्षता रहेको कार्यक्रममा शिक्षिका गोमा गैरेको स्वागत मन्तव्य र खिम प्रसाद वि.क कोे सञ्चालनमा सम्पन्र्न भएको थियो ।












