बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ सगंम चोकमा रहेको ईलाका प्रशासन कार्यालय बुर्तिबाङको भवन अन्यत्र नसार्न अनुरोध सहित ध्यानाकर्षण पत्र बुझाईएको छ ।
बुर्तिबाङ स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा स्थानियहरुको सक्रियतामा मंगलबार कार्यालय अन्य स्थानमा भन्दा धेरै कुराहरुले पहिले रहेकै स्थानमा उपयुक्त रहेको भन्दैँ कार्यालय अन्य स्थानमा सार्न नहुने भनि ध्यानाकर्षण पत्र बुझाईएको जनाईएको छ । केहि समय यता ईलाका प्रशासन कार्यालय बुर्तिबाङ भवन साधुँरो भएको कारण अन्य स्थानमा सर्ने कुराले माहोल तातिरहेको छ ।
मंगलबार कार्यलयमै पुगि स्थानियहरुले कार्यालय प्रमख लोक बहादुर कुवंरलाई कार्यालय नसार्न अनुरोध सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानियहरुले प्रशासन पहिले रहेकै भवन सबै कुराले उपयुक्त हुदाँहुदैँ पनि अन्यत्र सार्न खोजिएको भन्दै विरोध जनाउदैँ आईरहेका छन् ।
ध्यानाकर्षण पत्र
प्रशासनले निकालेको सुचना














