बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ५ भैसीखर्कमा स्थापना भएको भैसीखर्क गाउँघर क्लिनिकको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । ढोरपाटन नगरपालिकाको ३ लाख र फेयरमेड तथा विवाईसी बागलुङको २ लाख ४५ हजार गरि कुल ५ लाख ४५ हजार र नगरपालिको तर्फबाट जस्तापता सहयोगमा निर्मित क्लिनिक भवनको ढोरपाटन नगरपालिका नगर प्रमुख देब कुमार नेपालीले उद्घाटन गर्नुभएको हो ।
क्लिनिकको उद्घाटन पछि बोल्दै नगर प्रमुख नेपालीले क्लिनिकलाई सरकारी मातहतको सामुदायिक स्वास्थ्य इकाईको रुपमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । दुर्गम क्षेत्रमा स्वास्थ्य क्लिनिक तथा खोप केन्द्र स्थापनाका लागि सहयोग पु¥याएकोमा फेरमेड फउण्डेशन नेपाल तथा विवाईसी बागलुङलाई धन्यवाद समेत दिनुभएको थियो ।
क्लिनिकबाट शिशुहरुलाई मासिक खोप, गर्भवती महिलाको सामान्य चेकजाँच, तथा अन्य सामान्य रोगहरुको जाँच तथा उपचार सेवा प्रदान हुने छ । यस क्लिनिकबाट यस भेगका करिब १५० घरधुरीका जनता लाभान्वित हुने छन् ।
निमार्ण समितिका अध्यक्ष लोक बहादुर खरेलको अध्यक्षता रहेको कार्यक्रमममा नगर उपप्रमुख करमति पुन, ग्रामिण स्वास्थ्य सुधार परियोजनाका फिल्ड सुपरभाईजर रामेश्वर शाह लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी,बुद्धिजिवी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । गोकुल प्रसाद गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिवराज कडेलले गर्नुभएको थियो ।














