नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरको चुनावी अभियान अन्तरगत ढोरपाटन ५ को दोस्रो बैठक

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरको चुनावी अभियान अन्तरगत ढोरपाटन ५ को दोस्रो बैठक
२०७८ फाल्गुण १२ गते बिहिबार ०८:१०

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ । नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका...

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ । नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष भिम गौतमले जानकारी दिनुभयो ।

बुधबार ढोरपाटन नगरपालिका वडा नम्बर ५ मा बसेको वडा कमितिको दोश्रो पूर्ण बैठकले समेत आउदोँ निवार्चन लक्षित निवाचन पहिचालन समित गठन गरेको छ । प्रत्येक वडामा बैठक,प्रशिक्षण,संगठन विस्तार र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय अनुसार नै लागि परिएको गौतमले बताउनुभयो ।

ढोरपाटन ५ मा शालिकराम कंडेलको संयोजकत्वमा ५१ सदस्य वडामा निवाचन पहिचालन समिति गठन गरिएको छ । यस्तै निवार्चन पहिचालन सहयोग समति वाईसियलबाट सोमलाल वि.कको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरिएको माओवादी केन्द्र गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि गोपाल महतले बताउनुभयो । यस अभियानबाट जनता,नेता, कार्यकर्ता र पार्टीको शुभचिन्तकहरुको राय,सुझाव र सल्लाहलाई नगर पार्टीले उच्च प्राथमिकतामा राख्ने समेत महतले बताउनुभयो ।

हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्ने छ, माओवादी केन्द्र गण्डकी प्रदेश य तथा नगर ईन्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो । कार्यकर्ता र आम जनतासँग अन्तरक्रिया गछौं ,समस्या बुझछौं र समाधानको बोटो खोज्नेछौं ।’ यस्तो गतिविधिले मात्र जनताको भरपर्दो शक्तिको रुपमा माओवादी पार्टीेलाई जनताको विचमा स्थापित गर्न आधार तयार गर्ने’ उहाँले बताउनुभयो । आज भएको कार्यक्रम माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष दिलिप वि.क को अध्यक्षता, माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताको सहभागिता र लिला बहादुर वि.क को सञ्चालनमा सम्पर्न भएको थियो ।

यस्तै गरि अखिल नेपाल महिला सघं क्रान्तिकारीको नगर स्तरीय निवार्चन लक्षित बैठक बसेको छ । बेगमति घर्तिको अध्यक्षतामा बसेको बैठकले पालिकाको प्रत्येक वडामा ईन्चार्ज र सह ईन्चार्ज ताकेको छ । साथै १५१ सदस्य निवाचन समिति गठन समेत गरेको जनाईएको छ ।

प्रकाशित मिति २०७८ फाल्गुण १२ गते बिहिबार ०८:१०
प्रतिक्रिया दिनुहोस्