बागलुङ जिल्लाको गलकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बागलुङ जिल्लाको गलकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
२०७८ फाल्गुण १३ गते शुक्रबार ०७:१०

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको आयोजनामा बिहिबार गलकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ मा सञ्चालन गरेका निति कार्यक्रम आर्थिक पारदर्शिता, सेवा प्रवाह र विकास...

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको आयोजनामा बिहिबार गलकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ मा सञ्चालन गरेका निति कार्यक्रम आर्थिक पारदर्शिता, सेवा प्रवाह र विकास निर्माण सम्बन्धि कार्यहरुको बारेमा प्रश्न, जिज्ञासाको बारेमा सहजीकरण गरिएको थियो ।

स्थानिय तहमा सुशासन, सामाजिक उत्तरदायित्व र पार्दशिताका लागी आयोजना गरिएको सार्बजनिक सुनुबाई कार्यक्रममा स्थानिय राजन साहानी, लाल बहादुर भण्डारी, सत बहादुर बोहोरा, सन्त बहादुर खत्री, मुकुन्दसिँह भण्डारी, दिल कुमारी खत्री, श्याम सुन्दर श्रेष्ठ, टिकाराम शर्मा, विष्णु राना, कृष्णप्रसाद गौतम लगायतले लगायतले जिज्ञासा, विचार तथा गुनासो ब्यक्त गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७८-०७९ मा कुल ७७ करोड बजेट विनियोजन गरिएकोमा हाल सम्म ८० वटा योजना सम्पन्न भएको र आर्थिक वर्ष २०७८-७९ को माघ मसान्त सम्म विभिन्न शिर्षकमा जम्मा ६५ लाख राजस्व संकलन भएको गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेनुका काउचा मगर, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, नगरशिक्षा अधिकारी रुद्र नारायण सापकोटा, लेखापाल लक्ष्मण कडेल, कृषि तथा पशु सेवा शाखा प्रमुख हरिदत्त सुवेदी, स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा, सव इन्जिनियर राजन जिसी, गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सडक पिच गर्दा नगरपालिकाले अनुगमन नगरेको, मध्यपहाडि लोकमार्गको नाली पुरिदा सडक क्षतविक्षत भएको, हटिया बजारको फोहोर व्यवस्थापन नभएको, स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधि उपलब्ध नभएको, स्वास्थ्य बिमा प्रभावकारी रुपमा कार्यान्वयन नआएको, स्वास्थ्यचौकी जाने बाटो स्तरवृद्धि नभएको, घर तथा भवन निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण भएको, सडक पिचको लागि बजेट अभाव भएको, शवदहन गर्ने ठाँउमा पुलको अभाव भएको, सामुदायिक विद्यालयहरुमा छात्रवृद्धि वितरण प्रभावकारी नभएको, एकल महिलाहरुको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन नगरिएको, गलकोटको शैक्षिक वृद्धिको लागि अभिभावकहरु सचेत नभएको वडाबाट हुने सिफारिस शुल्कमा एकरुपता नभएको, गलकोटमा यातयातको सहज सुविधाको लागि नगर बसको व्यवस्था गरिनुपर्ने लगायतका जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै जनप्रतिनिधिहरुले समृद्ध गलकोट बनाउनका लागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने नगरपालिका भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने प्रतिबद्दता व्यक्त थिए ।

कार्यक्रममा अकोराब केन्द्रिय सदस्य तथा कार्यक्रमका परिवेक्षक रामनारायण सुवेदीले परिवेक्षकको मन्तव्य व्यक्त गर्नुभएको थियो । भने कार्यक्रमको मुख्य खण्ड सवाल जवाफको सहजिकरण सामुदायिक रेडियो प्रशारक संघ अकोराव गण्डकि प्रदेश सदस्य तथा सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माको स्वागत तथा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि।क को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७८ फाल्गुण १३ गते शुक्रबार ०७:१०
प्रतिक्रिया दिनुहोस्