बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वती आधारभुत विद्यालय भब्रेताको ३१ औें वार्षिकोत्सव तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्र्न भएको छ ।
वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि देव कुमार नेपालीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थी, शिक्षक र अविभावकको समन्वयकारी भूमिका हुनुपर्ने बताउनुभयो । कलिला बालबालिकाको उज्वल भविष्य निमार्णको लागि गुणस्तरीय र प्रविधीयुक्त शिक्षा दिनुपर्ने उहाँको भनाई थियो ।
सरस्वती आधारभुत विद्यालय भब्रेता ढोरपाटन नगरपालिका भरकै नमुना विद्यालय रहेको बताउदैँ अन्य विद्यालयले पनि सिको गर्नुपर्ने उहाँले बताउनुुभयो । साथै आफुँले गत वर्ष स्थापना गरेको अक्षकोषमा थप १ लाख थपि २ लाख पुराउने घोषणा गर्नुभएको थियो । यस वर्ष विद्यालयमा राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ शिक्षा तथा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा द्धारा निर्मित २ कोठे ट्रस भवनको समेत नगर प्रमुख नेपालीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर भण्डारी,ढोरपाटन नगरपालिका शिक्षा शाखा प्राविधिक ज्ञानेन्द्र प्रकाश सापकोटा,समाजसेवी ददिराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय ८ जना महिला शिक्षकले मात्र सञ्चालन गदैँ आईरहेका छन भने २४१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ढाल कुमारी पाण्डे आचार्यले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयले आयोजना गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयमा स्थापना गरिएको अक्षयकोष बाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगीसरा पाण्डेको अध्यक्षता, शिक्षिका पार्वती सापकोटाको स्वागत तथा शिक्षिका प्रतिभा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि,शिक्षक,विद्यार्थी,चन्दादाता,अभिभावक,समाजसेवी,पत्रकार लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।















