४० औं मगर दिवसका अवसरमा बागलुङ जिल्लाको विभिन्न स्थानहरुमा ¥याली निकालिएको छ । उनीहरुले मगर एकताको नारा लगाएर बजार परिक्रम गरेका हुन् ।
बुर्तिबाङ बजारमा क्षेत्रिय मगर संघको आयोजनामा मगर समाजको भवन रहेको स्थान खाराखेतमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले ¥याली सहित बुर्तिबाङ बजार परिक्रम गरि मगर समाजको भवनमा सास्कृतिक कार्यक्रम भैरहेको क्षेत्रिय मगर संघका अध्यक्ष गगं बहादुर घर्तिले बताउनुभयो ।
यस्तै बागलुङ बजारमा पनि दिवसको अवसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भ्रातृ संगठन समेत ¥यालीमा सहभागी थिए । उनीहरुले मगर समुदायमा चर्चित सालैज्यो, सोरठी जस्ता गीतसंगीत गाउने, नाच्ने, मगर समुदायबाट संचालनमा आएका पञ्चेबाजा बजाउने लगयतका प्रस्तुति दिए । मगर दिवसकै दिन बागलुङको गलकोट जैमिनी लगायतका स्थानमा पनि ¥याली र विभिन्न कार्यक्रम भएका छन् ।
कार्यक्रममा सहभागीले मगरभाषा सहितको बहुभाषिक विश्वविद्यालय स्थापनाको माग गरेका छन् । ‘सबैखोले अधिकारको संस्थागत विकास आजको आवश्यकता हो,’ मगर संघका अध्यक्ष गणेश थापाले भन्नुभयो, ‘आफ्नै भाषा, संस्कृतिको संरक्षणका लागि पनि दिवस मनाउने गरिएको हो ।’ दिवस मनाउन गाउँगाउँबाट युवायुवतीहरु परम्परागत पोसाकमा सजिएर आएका थिए ।
मगर दिवसकै असरमा बागलुङमा तीन दिनदेखि महिला तथा पुरुष भलिबल प्रतियोगिता पनि संचालन भएको छ । पालिकास्तरीय संचालित प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ६ टिमले भाग लिएका छन् ।











