बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं २ मा राष्ट्रिय जनमोर्चा परित्याग जनप्रतिनिधि सहितको टोली नै एमालेमा प्रवेश गरेका छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा नम्बर २ का वडा अध्यक्ष युवराज महत सहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

आज बुर्तिबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदय तुल्सिराम अर्याल, प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपाली, प्रदेश सदस्य दधिराम अर्याल लगाएतले स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै वडा अध्यक्ष महतले वडाका जनताको चाहाना अनुसार आफुले एमाले रोजेको बताउनुभएको छ । केहि समय यता विभिन्न वडाबाट एमाले प्रवेश गर्नेको तहर नै चलेको छ ।

प्रकाशित मिति २०७८ फाल्गुण १६ गते सोमबार ०४:४४