मेयरकप भलिवलको उद्घाटन सामाजिक विकास मन्त्री श्रेष्ठले गर्ने

मेयरकप भलिवलको उद्घाटन सामाजिक विकास मन्त्री श्रेष्ठले गर्ने

घनश्याम गौतम

@समय नेपाल

२०७८ फाल्गुण १९ गते बिहिबार ०७:२१

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा संचालन हुने मेयरकप अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उद्घाटन फागुन २४ गते हुने भएको छ । गलकोट नगरपालिकाको स्थापना दिवसको अवसरमा गलकोट नगर खेलकुद बिकास समितिको आयोजना गरेको...

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा संचालन हुने मेयरकप अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उद्घाटन फागुन २४ गते हुने भएको छ ।

गलकोट नगरपालिकाको स्थापना दिवसको अवसरमा गलकोट नगर खेलकुद बिकास समितिको आयोजना गरेको मेयर कप भलिवलको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्नुहुने भएको छ । मयेर कप भलिलबको उद्घाटन फागुन २४ गते दिउसो १ बजे गण्डकी प्रदेशका समाजिक बिकास मन्त्री श्रेष्ठले गर्ने कार्यक्रम तय भएको गलकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार गलकोट नगरपालिका ३ हटियामा संचालन हुने मेयर कप भलिवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रथम मेयरकप अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख र मेयरकप, द्धितिय हुने समुहले  ७५ हजार सात्तवना हुने दुई समुहले २५/२५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सवोत्कृष्ट खेलाडिले १० हजार, बिधागत रुपमा उत्कृष्ट हुने सर्भर, स्पाईकर, सेटर, बल्कर, डिफेन्डर र टिम कोचलाई जनहि ५ हजार प्राप्त गर्ने नगर खेलकुद बिकास समितिका सचिव रुद्र नारायण सापकोटाले जानकारी दिनुभयो ।

प्रथम मेयरकप प्रतियोगिता सहित गलकोट नगर क्षेत्रभित्रका बिद्यालयहरुको सहभागितामा अन्तर बिद्यालय स्तरिय छात्र तथा छात्रा भलिवल प्रतिोगिता, हाईजम्प, लङ्जम्प, सटफुट, रिले दौड, त्रिपलजम्प, ज्याबिल्ङ थ्रो, लगाएका प्रतियोगिताहरु संचालन गरिने नगर खेलकुद बिकास समितिले जनाएको छ ।

मेयर कप भलिवल २४ गते उद्घाटन खेल संचालन गर्ने भएपनि अन्य बिद्यालय स्तरिय खेलुकदका कार्यक्रम चौथो नगरप्रमुख रनिङशिल्ड तथा राष्टपति रनिङशिल्ड प्रतियोगिता फागुन २३ गते देखीनै संचालन हुने समितिले जनाएको हो । खेलकुदको प्रर्वद्र्धन गर्ने उद्धेश्यले गलकोट नगरपालिकाले नीति तथा कार्यक्रममा मयेरकप भलिवल प्रतियोगिता समावेश गरेको थियो ।

प्रकाशित मिति २०७८ फाल्गुण १९ गते बिहिबार ०७:२१
प्रतिक्रिया दिनुहोस्