बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा स्थानीय तहको निर्वाचन रोचक बन्ने निश्चित प्रायः भएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी स्वरुप नेकपा एमाले बाहेकका दलहरु एकवद्ध हुने तयारीमा देखिएका छन ।
विगत केहि महिनादेखि निरन्तर छलफल र ढोरपाटन नगरपालिकाले गरिरहेका गलत प्रवृत्तिको विरोधमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनसम्म समन्वय गरेर अगाडि बढ्ने तयारीमा जुटेका छन । निरन्तर छलफलमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा क्रान्तीकारी गरी ६ दलको गठवन्धन गरी निर्वाचनसम्म जाने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य एवम ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले बताए ।
ढोरपाटन नगरपालिकामा नगरप्रमुख देवकुमार नेपालीले राज्यको तर्फबाट प्राप्त सम्पत्ती माथि पार्टी अनुकुल दोहन गर्ने गरेको, स्थानीय तह सञ्चालनको पद्धति र विधि बाहिर गएर मनोमानी गरेको, नगरपालिकाबाट जनताले आवश्यकताका आधारमा पाउनुपर्ने सेवा सुविधा लिँदा जवरजस्ती पार्टी प्रवेश गर्न बाध्य पारेको लगायतका कारण आफुहरु जनताको न्याय र स्थानीय तहमा हाल भइरहेको गलत प्रवृत्तिलाई रोक्नका निम्ति निर्वाचनसम्म गठबन्धन बनाएर अगाडि बढ्ने तयारीमा रहेको नेपाली काँग्रेस जिल्ला सभापती जित शेरचनले बताए ।
‘हाम्रो गठबन्धनको उद्देश्य खराव प्रवृत्तिलाई हटाउनका निम्ति हो जनताले राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधा सहज रुपमा पाउनुपर्छ,’उनले भने,‘स्थानिय तहमा राजा रजौटाको जस्तो हुकुमी शासन र पार्टी विशेष विकास गर्ने र जनतालाई अनावश्यक प्रलोभनमा पारेर पार्टी प्रवेश गराउने काम रोकिनुपर्छ ।’ नगर प्रमुखको अत्याचारको विरुद्ध आफुहरु एक ढिक्का भएर निर्वाचनमा जाने विषयमा छलफल भएको नेकपा माओबादी केन्द्रका ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्यालको भनाई छ ।
बैठकमा नेपाली काँग्रेसको तर्फदेखि जिल्ला सभापती जित शेरचन, गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, ढोरपाटन नगर सभापति धनबहादुर कायत, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्याल, ढोरपाटन नगर अध्यक्ष भिम गौतम, सचिव गोपाल महत, राष्ट्रिय जनमोर्चाको तर्फदेखि ढोरपाटन नगर संयोजक दिपक थापा, नेकपा क्रान्तिकारी केन्द्रिय सदस्य निल बहादुर पुन, जसपा ढोरपाटन नगर संयोजक गंगाबहादुर घर्तिमगरको उपस्थितीमा छलफल एवं निर्वाचन तयारी बैठक सम्पन्न भएको बताईएको छ ।
नगर प्रमुख देवकुमार नेपालीले ढोरपाटन नगर क्षेत्रभित्र कार्यरत कर्मचारी शिक्षकहरुलाई डराई धम्काई पार्टी प्रवेश गराउने सर्वसाधारणलाई प्रलोभनमा पारी पार्टी प्रवेश गराउने गरेको अन्य पार्टीको आरोप छ । एमाले प्रवेश गर्न अस्वीकार गर्नेहरुलाई नगर प्रमुखले विभिन्न बहाना बनाएर नगरको सेवाबाट बञ्चित गर्ने गरेको गुनासो छ । उत्तरगगां










