ज्योति लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखा द्धारा अभिकर्ता सम्मान तथा प्रोत्सान कार्यक्रम

ज्योति लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखा द्धारा अभिकर्ता सम्मान तथा प्रोत्सान कार्यक्रम
२०७८ चैत ५ गते शनिवार ०७:४६

बुर्तिबाङ- ज्योति लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा द्धारा शनिबार बुर्तिबाङमा अभिकर्ता भेटघाट,सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्र्न गरेको छ । बागलुङ जिल्लाको बुर्तिबाङमा कम्पनीले शाखा सञ्चालनको छोटो समयमै राम्रो...

बुर्तिबाङ- ज्योति लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा द्धारा शनिबार बुर्तिबाङमा अभिकर्ता भेटघाट,सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्र्न गरेको छ ।

बागलुङ जिल्लाको बुर्तिबाङमा कम्पनीले शाखा सञ्चालनको छोटो समयमै राम्रो काम गर्न सफल बनेको तथा अभिकर्तालाई अचित ज्ञान र फाईदाबारे जानकारी गराउन यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको कम्पनीको धौलागिरी एरिया प्रमुख मेघराज खड्काले बताउनुभयो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी देशका ७७ ओटै जिल्लामा १२८ शाखा संजाल बिस्तार गरि काम गरिरहेको जनाईएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सले नेपाली बीमा क्षेत्रमा फरक किसिमका बिमा योजना तथा सुबिधा दिने प्रयास गरेको छ खड्काले भन्नुभयो‘अझै पनि धरै मानिसहरु बिमाको फाईदा बारे थाहा नपाउदा पछाडि परिरहनु भएको छ ’। अरुलाई बुझाउन कर्मचारी र जोडिएका अभिकतालाई उचित शिक्षा र ज्ञान दिन आज एजेन्सी मिटिङ तथा लाईफ चेन्जिङ सेमिनारको गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा धौलागिरी एरिया प्रमुख मेघराज खड्का,बागलुङ शाखा प्रमुख सन्जय शर्मा,वरिष्ठ एजेन्सी मेनेजर सन्देश बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ४० जना वढि अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा उतकृष्ठ अभिकर्ता तथा कर्मचारी सम्मान समेत गरिएको थियो । बुर्तिबाङ शाखा एजेन्सी मेनेजर यसिन रोका मगरको स्वागत मन्तव्य र एजेन्सी मेनेजेर रवि मगरको सञ्चालनमा कार्यक्रम सम्पन्र्न भएको थियो ।

प्रकाशित मिति २०७८ चैत ५ गते शनिवार ०७:४६
प्रतिक्रिया दिनुहोस्