तमानखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि शान्ति मा.वि खुखांनीलाई

तमानखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि शान्ति मा.वि खुखांनीलाई
२०७८ चैत ७ गते सोमबार ०९:३६

तमानखोला गाउँपालिकाले संचालन गरेको चौथो राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले जितेको छ । शुक्रबार सकिएको खेलमा शान्ति माबिले १० स्वर्ण पदक, ८ रजत र १ कास्य गरी १९ पदक जितेर प्रथम भएको हो । त्यस्तै, जनजागृति माबि बुंगादोभानले...

तमानखोला गाउँपालिकाले संचालन गरेको चौथो राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले जितेको छ । शुक्रबार सकिएको खेलमा शान्ति माबिले १० स्वर्ण पदक, ८ रजत र १ कास्य गरी १९ पदक जितेर प्रथम भएको हो ।

त्यस्तै, जनजागृति माबि बुंगादोभानले ७ स्वर्ण, ४ रजत र ५ कास्य गरी १६ पदक जितेर द्वितिय भयो । सरस्वती आधारभूत बिद्यालय लामेलाले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदकले तृतिय भएको शिक्षा शाखा प्रमुख पुरन घर्तीले बताए ।

प्रतियोगितामा आर्कषक खेल मानिने भलिबलमध्ये छात्रतर्फ जनजागृति माबिले स्वर्ण पदक जितेको छ । शान्तिमाबि रजत र धनगौज्योती माबि कास्य पदक जित्न सफल भए । छात्रा भलिबलतर्फ शान्ति माबिले स्वर्ण पदक जित्यो । छात्रा भलिबलमा धनगौज्योती माबि तमानले रजत र जनजागृति माबि बुंगादोभान तृतिय भए ।

छात्र सटपुटमा शान्ति मावि प्रथम, जनजागृति द्वितिय र धनगौ ज्योती तृतिय भए । खेलमा ट्रिफल जम्प, लमजम्प, भाला हान्ने, छात्रछात्राका लागि १ सय मीटर दौडदेखि १ हजार ५ सय मीटर दौड सम्मका प्रतियोगिता भएका थिए । खेलमा बिजेता खेलाडीलाइ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । उनले शिक्षा, स्वास्थ्य सँगै खेलकुँदको बिकास गरेर तमानका जनतालाई सामाजिक क्षेत्रमा अगाडि बढाउन पहल गरिने बताए । उनले हरेक बिद्यालयको गुणस्तरीय शिक्षाकालागि गरेको लगानी जस्तै खेल क्षेत्रको बिकासमा पनि लगानी गर्ने जानकारी दिए ।

खेलबाट देश बिदेशमा चिनाउन सकिने भन्दै उनले युवा तथा बिद्यार्थीलाइ पनि खेलको अनुशासनमा बसेर खेल्न आग्रह गरेका थिए । कार्यक्रममा शिक्षा अधिकारी पुरन घर्ती सहितका कर्मचारी र जनप्रतिनिधि, प्रधानाध्यापकहरु समेतले खेल क्षेत्रलाई अझै बढाएर लैजानुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति २०७८ चैत ७ गते सोमबार ०९:३६
प्रतिक्रिया दिनुहोस्