शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना
२०७८ चैत ९ गते बुधबार ०८:३६

बागलुङ- जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृहमन्त्रालयको निर्णय अनुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् । बागलुङमा नयाँ चार वटा प्रहरी चौकी स्थापना...

बागलुङ- जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृहमन्त्रालयको निर्णय अनुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङमा नयाँ चार वटा प्रहरी चौकी स्थापना गर्ने निर्णय अनुसार हाल सम्म तीन वटा भइसकेका छन् । जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकामा स्थापना गर्ने निर्णय भएको थियो । सोही अनुसार बरेङ गाउँपालिकाको सुडला, ताराखोला गाउँपालिकाको भातखानेडाँडा, निसीखोलाको जुग्गाखोला र बागलुङ नगरपालिकाको पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।

निसीखोलाको जुग्गा खोला सहित सबै स्थानमा प्रहरी चौकी स्थापना भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

“जिल्लाको चार स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय अनुसार अहिले सम्म चार वटै स्थानमा प्रहरी चौकी स्थापना भएका छन्, भातखाने डाँडाताराखोला, प्रहरीचौकी सुँडाला बरेङगाउँपालिका, प्रहरी चौकी पञ्चकोट र जुग्जाखोलामा प्रहरीचौकी सथापना भएका हुन” एसपी ज्ञवालीले भन्नुभयो “जनतालाई शान्ति सुरक्षाको पहुँच बढाउन चार स्थानमा प्रहरी चौकी स्थापना गरिएको हो, जस्कारण बागलुङको शान्ति सुरक्षामा ठूलो सहयोग गर्नेछ ।”

१५-१५ जनाको दरबन्दीरहने प्रहरी चौकीमा तत्कालका लागि हवल्दारको नेतृत्वमा पाँच जना राखेर सेवा सुरु गरिएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट जनशक्ति व्यवस्थापन गरेर चौकी स्थापना गरिएको ज्ञवालीको भनाई छ । जिल्लावासीको शान्ति सुरक्षाका लागि चौकीहरु थपिएको भन्दै यसले आम नागरिकलाई ठूलो सहयोग पुग्ने प्रहरी उपरीक्षक ज्ञवाली बताउनुहुन्छ ।

बागलुङ जिल्लामा हाल तीनवटा ‘क’ र चार वटा ‘ख’श्रेणीका गरि सात वटा इलाका प्रहरी कार्यालय छन् । जस मध्ये ‘क’श्रेणीमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाकाप्रहरी कार्यालय गलकोट र इलाका प्रहरी कार्यालय बरेङ डाँडा रहेका छन् भने ‘ख’श्रेणीका इलाका प्रहरी कार्यालय बलेवा, भिमगिठे, झिवाखोला र ताराखोला रहेका छन् ।

जिल्लामा प्रहरी चौकी नयाँ सहित १७ वटा प्रहरी चौकी, दुई वटा प्रहरी पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो । दुई वटा प्रहरी पोस्ट मध्ये बागलुङ कालिका मन्दिर परिसरमा एउटा र कुँडुलेमा एउटा रहेको छ । जिल्लामा चार वटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भण्डारीको भनाई छ । जस मध्य दुई वटा जिल्ला सदरमुकाम बागलुङमै छन् भने दुई वटा गलकोट र बुर्तिबाङ रहेका छन् ।

जिल्लाको विभिन्न स्थानमा स्थापना भएका प्रहरी चौकीले नागरिकको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो । उहाँले जिल्लाका अति आवश्यक ठाउँमा नयाँ प्रहरी चौकी स्थापना भएको भन्दै अब समाजमा हुने अपराध जन्य घटना न्यूनिकरणका लागि सहजहुँने बताउनुभयो । आदर्श अनलाइन

प्रकाशित मिति २०७८ चैत ९ गते बुधबार ०८:३६
प्रतिक्रिया दिनुहोस्