मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङको गलकोटमा जिप दुर्घटना, ३ जना घाईते

मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङको गलकोटमा जिप दुर्घटना, ३ जना घाईते
२०७८ चैत ९ गते बुधबार १२:३३

बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङ जिल्लाको गलकोटमा पीकअप जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन । गलकोट बाट बागलुङ बजार तर्फ आउदै गरेकोे ग २ च ४००७ नम्बरको प्राईभेट पिकअप जीप गलकोट नगरपालिका–२ मौरिया भन्ने स्थानमा दुर्घटना...

बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङ जिल्लाको गलकोटमा पीकअप जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन ।

गलकोट बाट बागलुङ बजार तर्फ आउदै गरेकोे ग २ च ४००७ नम्बरको प्राईभेट पिकअप जीप गलकोट नगरपालिका–२ मौरिया भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, प्रशासकिय अधिकृत तुलबहादुर विक र अर्का एक जना युवा घाईते भएको गलकोट नगरपालिका– २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिनुभयो ।

जिप लोकमार्गबाट ५० मिटर तल खसेको छ । शर्मा र विक नगरपालिकाको कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालय बागलुङ आउँदै गरेका थिए । जिपका चालक चन्द्रबहादुर विक भने सकुशल रहेको भण्डारीले बताउनुभयो । घाईते तिनै जनालाई उद्धार गरी उपचारका लागि हटिया लगिएको छ ।

प्रकाशित मिति २०७८ चैत ९ गते बुधबार १२:३३
प्रतिक्रिया दिनुहोस्