बागलुङ जिल्लाको गल्कोटमा बिहिबार देखि पत्रकारहरुलाई दुई दिने विज्ञान तथा प्रविधि तालिम र विज्ञान विषयका विद्यार्थीहरुलाई बैज्ञानिक अवधारणा सम्बन्धी तालिम आज सकिएको छ ।
विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजना तथा प्रेस सेन्टर बागलुङको व्यवस्थापनमा आयोजित तालिमको बिहिबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नुभएको थियो ।
तालिममा जिल्लाका २५ जना क्रियाशिल पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा प्रोफेसर डाक्टर हरि प्रसाद लामिछाने, डाक्टर सन्तकुमार शर्मा, डाक्टर टंक प्रसाद उप्रेती, डाक्टर कुन्दन अर्याल र डाक्टर हरि शंकर माल्लीकले सहजिकरण गर्नुभएको थियो ।
बागलुङ जिल्ला भित्र रहेका सञ्चार माध्यममा आवद्ध क्रियाशिल पत्रकारको तालिममा सहभागिता रहेको थियो । तालिममा बैज्ञानिक अवधारणा, विज्ञान क्षेत्र सगँ सम्बन्धीत समाचार लेखन,पत्रकारले निभाउने भुमिका र स्थानिय नागरिकलाई दिने सन्देश लगायतमा आधारित रहेको थियो । विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरीका डाक्टर सनत कुमार शर्मा लगायतको टोलीले तालिममा सहभागि पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।










