आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर जिल्ला प्रशासन कार्यालय बागलुङले हातहतियार बुझाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले एक विज्ञप्ती जारी गर्दै इजाजत प्राप्त हतियारहरु बुझाउन अनुरोध गरेको हो । गृहमन्त्रलयका पत्रनुसार प्रशासनले निर्वाचन पश्चात फिर्ता लैजाने गरि हतियार बुझाउन आग्रह गरेको बताइएको छ । हतियार नजिकको प्रहरी चौकीहरुमा बुझाउन प्रशासनले अनुरोध गरेको छ ।
‘स्थानीय तहको निर्वाचन भरपर्दो, विश्वसनीय तथा शान्तीपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजतपत्र प्राप्त हतियारहरु निर्वाचन पश्चात फिर्ता लाने गरि मिति २०७८ चैत्र मसान्तसम्म नजिकको प्रहरी ईकाईमा बुझाउनु हुन अनुरोध छ’ जिल्ला प्रशासन कार्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति २०७८ चैत ११ गते शुक्रबार ०७:५२