कार्यालयमै भेटिएनन् निसीखोला गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु

कार्यालयमै भेटिएनन् निसीखोला गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु
२०७८ चैत १४ गते सोमबार १२:४७

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा आईतबार कार्यालयमा जनप्रतिनिधी र कर्मचारी नरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । आईतबार बिहान करिब ११ः ३० मिनेट जादाँको समयमा कार्यालयमा पुगेका सेवाग्राहीहरुले कार्यालय खुल्ला...

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा आईतबार कार्यालयमा जनप्रतिनिधी र कर्मचारी नरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

आईतबार बिहान करिब ११ः ३० मिनेट जादाँको समयमा कार्यालयमा पुगेका सेवाग्राहीहरुले कार्यालय खुल्ला रहेको तर कोहि नभएको भन्दै भिडियो बनाएका थिए । उक्त भिडियोमा कार्यालय समयमा पनि कुनै पनि जनप्रतिनिधि र कर्मचारी देखिदैनन् । काम परेर १ महिना सम्म धाउदाँ पनि काम नभएको तथा सेवाग्राहीहरु बाहिर कुरेर बस्ने गरेपनि कोहि नआउदाँ समस्यामा परेको उनीहरुले बताएका छन् ।

कार्यालय खाली जनताले सेवा नपाएको गुनासो गरेपछि बागलुङ दैनिकले पटक पटक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सम्पर्क गर्दा फोन भने उठेन् । स्थानिय युवा लगायत सेवाग्राहीहरुले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।

कार्यालयमा बिगत एक महिनादेखि गाउँपाालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत बिभिन्न फाँटका कर्मचारीहरु कार्यालयमा नबसेका कारण बिभिन्न काम लिएर कार्यालयमा पुगेका सेवाग्राहीहरु मर्कामा परेका हुन।

गाउपालिकाको कार्यालय खुलेको भएपनि कार्यालयमा गाउपालिका प्रमुख उपप्रमुखदेखि लिएर प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा नियमित नबसेका कारण बिभिन्न कामहरु लिएर गएका सेवाग्राहीहरु काम नै नगराई रितो हात फर्किदै आएका छन्।

भिडियो

https://www.facebook.com/100011341179398/videos/pcb.1931517457236275/1562208170822791

प्रकाशित मिति २०७८ चैत १४ गते सोमबार १२:४७
प्रतिक्रिया दिनुहोस्