बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाता, कुन स्थानिय तहमा कति ?

बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाता, कुन स्थानिय तहमा कति ?
२०७८ चैत १४ गते सोमबार ०१:०५

बागलुङ- आगामी बैशाख ३० गतेका स्थानिय तहको निर्वाचनका लागि बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाताले निर्वाचनमा सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार जसमा ९३ हजार ८ सय ९७ जना पुरुष र ९९ हजार ७२८ जना महिला रहेका छन । जिल्लामा पुरुषको...

बागलुङ- आगामी बैशाख ३० गतेका स्थानिय तहको निर्वाचनका लागि बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाताले निर्वाचनमा सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार जसमा ९३ हजार ८ सय ९७ जना पुरुष र ९९ हजार ७२८ जना महिला रहेका छन । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या ५ हजार ८३१ ले बढि रहेको  छ ।

जिल्लाका दश वटा स्थानिय तहम मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ४० हजार ४ सय १८ जना रहेका छन । जसमा १९ हजार ८५ जना पुरुष र २१ हजार ३३३ जना महिला रहेका छन । जिल्लाको तमानखोला गाउँपालिकामा सवै भन्दा कम ७ हजार ७८८ जना रहेका छन  भने काठेखोला गाउँपालिकामा २१ हजार ३३८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी गलकोट नगरपालिकामा २४ हजार ४ सय ८६ जना, जैमिनी नगरपालिकामा २४ हजार ७ सय ११ जना, ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० जना, ताराखोला गाउँपालिकामा ८ हजार ५ सय ६४ जना, निसीखोला गाउँपालिकामा १५ हजार ९ सय १८ जना मतदाता रहेका छन । त्यस्तै बडिगाड गाउँपालिकामा २२ हजार १ सय ५३ जना र बरेङ गाउँपालिकामा १० हजार ६ सय १९ जना मतदाता रहेका छन ।

जिल्लामा कुल १०३ मतदान स्थल संख्या र २ सय ३० वटा मतदान केन्द्र रहने छन । जसमा बागलुङ नगरपालिकामा २२ मतदान स्थल ४९ मतदान केन्द्र, काठेखोलामा १० वटा स्थलमा २६ मतदान केन्द्र, गलकोटमा १३ वाट स्थलमा २७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । त्यस्तै जैमिनीमा ११ मतदान स्थलमा २४ मतदान केन्द्र, ढोरपाटनमा ११ मतदान स्थलमा २४ मतदान केन्द्र, तमानखोलामा ६ मतदान स्थलमा ९ मतदान केन्द्र, निसीखोलामा ७ मतदान स्थलमा १९ मतदान केन्द्र, बडिगाडमा १२ मतदान स्थलमा २६ मतदान केन्द्र र बरेङमा ५ वटा मतदान स्थलमा १२ मतदान केन्द्र रहेका छन ।

जिल्लामा अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाता संख्या १ लाख ६८ हजार ३४९ रहेको थियो । त्यस यता २५ हजार २७६ जना मतदाता थपिएका छन ।  जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।

यस्तै  निर्वाचन आयोगका अनुसार गण्डकीमा कुल ८ लाख ६४ हजार ४५२ महिला र अन्य ११ जनासहित १७ लाख ८९ हजार ४११ जना मतदाता रहेका छन् । ती मतदाताहरुले यहाँका १२५३ मतदान स्थलमा रहने २३ सय मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् ।गोरखा ११०३०३ महिलासहित २ लाख १८ हजार ५६३ र मनाङमा जम्मा ६ हजार ४९६ मतदाता रहेकोमा ३३४८ महिला मतदाता रहेका छन् ।

लमजुङमा ४६ हजार ४ सय ५३ महिलासहित १ लाख ३४ हजार ४९४, कास्कीमा १ लाख ४८ हजार ८७ सहित २ लाख ४४ हजार ३४०, तनहुँ २ लाख ४० हजार ५३५,नवलपुरमा २ लाख ५ हजार ६१५, मुस्ताङमा १० हजार ४८५,म्याग्दीमा ८५ हजार ३७५,बागलुङमा १ लाख ९३ हजार ६२५ र पर्वतमा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन् । निर्वाचन आयोगले सबै जिल्लाका मतदान केन्द्रको लागि मतदान अधिकृतको व्यवस्थासमेत गरेको छ ।

तपाईको नाम हेर्न तल क्लिक गर्नुहोस र विवरण भर्नुहोस

https://election.gov.np/np/page/voter-list-db

प्रकाशित मिति २०७८ चैत १४ गते सोमबार ०१:०५
प्रतिक्रिया दिनुहोस्