बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ मा रहेको बुर्तिबाङ बजार आज बुधबार १ दिन बन्द गर्न ढोरपाटन उद्योग वाणिज्य सघंले आग्रह गरेको छ ।
मंगलबार साझँ ढोरपाटन उद्योग वाणिज्य सघंको आकस्मिक बैठक समेत बसेको थियो । ढोरपाटन उद्योग वाणिज्य सघंका उपाध्यक्ष समेत रहनु भएका ढोरपाटन नगरपालिका–१ निवासी ऋतुवर्ण पौडेलको पिकअप दुर्घटनामा पनि ज्यान भएको शोकमा आज बजार बन्द गर्न आग्रह गरिएको ढोरपाटन उद्योग वाणिज्य सघका अध्यक्ष चिन्तामणी शर्माले बताउनुभयो ।
बुधबार आज एक दिन बुर्तिबाङ स्थित सम्पुर्ण पसल,व्यबसाय बन्द गरि मृतक पौडेलको पार्थिव शरिलाई श्रद्धाञ्जली दिने जाने विषयमा हिजो साझँ छलफल गरिएको जनाईएको छ ।
यस क्षेत्रका सामाजिक व्यक्तित्वको असामहिक भएको निधनले सबैलाई स्तब्ध तुल्याएको छ अध्यक्ष शर्माले भन्नुभयो ,बुर्तिबाङ स्थित सबैले आज आफ्नो व्यवसाय बन्द गरिदिनुहुन अनुरोध गर्दछौँ ।











