पेस्तोल र गोली सहित बागलुङको बडिगाडबाट एक पक्राउ

पेस्तोल र गोली सहित बागलुङको बडिगाडबाट एक पक्राउ
२०७८ चैत १६ गते बुधबार ०२:११

प्रहरीले बागलुङको बडिगाडबाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बडिगाड गाउँपालिका–५ ग्वालिचौरबाट ४० वर्षका श्याम बहादुर रेश्मीलाई एक थान पेस्तोल र चार राउण्ड गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका...

प्रहरीले बागलुङको बडिगाडबाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बडिगाड गाउँपालिका–५ ग्वालिचौरबाट ४० वर्षका श्याम बहादुर रेश्मीलाई एक थान पेस्तोल र चार राउण्ड गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखेर अनुसन्धान गरिएको छ ।

प्रकाशित मिति २०७८ चैत १६ गते बुधबार ०२:११
प्रतिक्रिया दिनुहोस्