शोकमय बन्यो पश्चिम बागलुङ,समाजसेवी पौडेलको बुधबार दिउँसो भयो दाहसंस्कार

शोकमय बन्यो पश्चिम बागलुङ,समाजसेवी पौडेलको बुधबार दिउँसो भयो दाहसंस्कार
२०७८ चैत १६ गते बुधबार ०७:५८

बुर्तिबाङ - बागलुङ जिल्लाको निसीखोलामा २ खाडुमा पिकअप जिप दुर्घटना परि ज्यान गुमाउनु भएका समाजसेवी रितुवर्ण पौडेलको आज दाहसंस्कार गरिएको छ । सामाजिक एवंम राजनितिमा सक्रिय रहनु भएका पौडेलको ४५ वर्षको उमेर मंगलबार साझँ घटना स्थलमै...

ढोरपाटन उद्योग वाणिज्य संघका उपाध्यक्ष पौडेलको शोकमा बुर्तिवाङ बजार बन्द

बुर्तिबाङ – बागलुङ जिल्लाको निसीखोलामा २ खाडुमा पिकअप जिप दुर्घटना परि ज्यान गुमाउनु भएका समाजसेवी रितुवर्ण पौडेलको आज दाहसंस्कार गरिएको छ । सामाजिक एवंम राजनितिमा सक्रिय रहनु भएका पौडेलको ४५ वर्षको उमेर मंगलबार साझँ घटना स्थलमै ज्यान गएको थियो ।


निसीखोलाबाट ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु १च ९४८० नम्बरको पिकअप जिप निसीखोला गाउँपालिका–२ खाडु भन्ने स्थानमा दुर्घटना भएको थियो । पिकअपमा पौडेल सहित रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिय सुरेश थापा सवार रहनुभएको थियो । थापा घाईते हुनुभएको थियो । उहाँलाई राति नै थप उपचारको लागि पाल्पा रेफर गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

मृतक पौडेल नेकपा एमाले ढोरपाटन नगर कमिटिका अध्यक्ष समेत रहनुभएको थियो । पौडेलको पार्थिव शरिमा श्रद्धाञ्जली दिन बजार क्षेत्रका नागरिक सहित विभिन्न स्थानबाट नागरिकहरु बुर्तिबाङ आएका थिए ।

  

दुर्घटनामा परी ज्यान गुमाउनुभएका पौडेलको शवलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं संघीय सांसद मनकुमारी केसी, केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिराबहादुर केसीलगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यसैबीच नेकपा एमाले बागलुङले एक शोक वक्तव्य जारी गर्दै पौडेलको निधनले पार्टीलाई अतुलनीय क्षती पुराएको जनाएको छ । नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी र सचिव विष्णुप्रसाद शर्माद्वारा हस्ताक्षरित शोक बक्तव्यमा दुःखको घडीमा सबैलाई संयमित रहन आग्रह समेत गर्नुभएको छ ।

यस्तै पार्टीका सम्पूर्ण गतिविधिहरु एक दिन बन्द गरेको, तीन दिन पार्टी कार्यालयहरुका झण्डा झुकाइने नेकपा (एमाले) बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको पश्चिम बुर्तिबाङ क्षेत्रका व्यवसायी ऋतुवर्ण पौडेलको शोकमा बुधबार बुर्तिवाङ बजार बन्द गरिएको छ ।

बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजार पौडेलको शोकमा बन्द गर्ने निर्णय अनुसार आज बन्द भएको ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्माले बताउनुभयो । पौडेल उद्योग वाणिज्य संघ ढोरपाटनको उपाध्यक्ष हुनुहुन्थ्यो । मंगलबार साँझ निसिखोलाबाट बुर्तिवाङ तर्फ आउदै गरेको पिकअप दुर्घटनामा पौडेलको निधन भएको थियो ।

दुर्घटनापछि मंगलबार साझँ ढोरपाटन उद्योग वाणिज्य सघंको आकस्मिक बैठकले पौडेलको मृत्यु भएको शोकमा बजार बन्द गरेर शोक मनाउने निर्णय भएको शर्माले जानकारी दिनुभयो । पौडेल पूर्व स्वास्थ्यकर्मी तथा हाल नेकपा एमाले ढोरपाटन नगर कमिटिको अध्यक्ष समेत हुनुहुन्यो । पौडेलको पार्थिव शरिलाई बुधबार बुर्तिवाङमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिएको थियो । आज पश्चिम बागलुङ नै शोकमय भएको थियो ।

प्रकाशित मिति २०७८ चैत १६ गते बुधबार ०७:५८
प्रतिक्रिया दिनुहोस्