पश्चिम बागलुङको निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

पश्चिम बागलुङको निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु
२०७८ चैत १७ गते बिहिबार ०५:४६

बागलुङ जिल्लाको पश्चिम निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो । बुधबार दिउसो एक बजे चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर...

बागलुङ जिल्लाको पश्चिम निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो । बुधबार दिउसो एक बजे चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

भिरबाट लडेर घाइते भएका घर्तीलाई स्थानीयले उपचारका लागि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । बुर्तिबाङमा उपचार हुन नसकेपछि घर्तीलाई पोखरा लैजाँदै गर्दा बुधबार राति नै बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक वन्तले जानकारी दिनुभयो । घर्तीको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि राखिएको छ ।

पोस्टमार्टम गरेपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक घर्ती मगरको एक छोरा र श्रीमती रहेका छन् ।

प्रकाशित मिति २०७८ चैत १७ गते बिहिबार ०५:४६
प्रतिक्रिया दिनुहोस्