ढोरपाटन ३ पुर्कोटमा गठबन्धनको कार्यक्रम- ढोरपाटन नगरमा अनियमितता रोक्न जुट्नु परेको वक्ताहरुको भनाई

ढोरपाटन ३ पुर्कोटमा गठबन्धनको कार्यक्रम- ढोरपाटन नगरमा अनियमितता रोक्न जुट्नु परेको वक्ताहरुको भनाई
२०७८ चैत १७ गते बिहिबार ०७:५९

स्थानीय तह निर्वाचनको मिति वैशाख ३० लाई ताकेर अहिले निर्वाचनको प्रक्रिया सुरु भैसकेको छ । निर्वाचनमा उम्मेदवार बन्नेहरुले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण भएको छ । निर्वाचनको मिति नजिकै आउँदै गर्दा राजनीतिक...

स्थानीय तह निर्वाचनको मिति वैशाख ३० लाई ताकेर अहिले निर्वाचनको प्रक्रिया सुरु भैसकेको छ । निर्वाचनमा उम्मेदवार बन्नेहरुले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण भएको छ । निर्वाचनको मिति नजिकै आउँदै गर्दा राजनीतिक दलहरु चुनावी माहोल बनाउनमा सक्रिय छन् । निर्वाचनमा एकल वा गठबन्धन गरेर जसरी पनि निर्वाचन आफ्नो पोल्टमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् ।

बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा भने माहोल अन्य स्थानको भन्दा केहि भिन्न रहेको छ । नेकपा एमाले बाहेकका दलहरु जुटेर गठबन्धनबाटै आउँदो स्थानिय तहको चुनाव जित्ने कसरतमा रहेका छन् । ढोरपाटन नगरपालिकामा ५ वर्ष सम्म पनि कुनै पनि राम्रो काम हुन नसकेको भन्दैँ गठबन्धनमा आवद्ध दलका नेताहरु वडा तथा गाउँगाउँ कार्यकर्ता भेटघाट सहित संयुक्त रुपमा प्रशिक्षणात्मक कार्यक्रममा जुटिरहेका छन् ।

आज ढोरपाटन नगरपालिका ३ पुर्कोटमा गठबन्धन दलहरुको कार्यक्रम सम्पन्र्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा क्रान्तीकारी गरी ६ दलको गठवन्धन रहेको छ ।

नेकपा माओवादी केन्द्र ढोरपाटन ३ का अध्यक्ष लिल बहादुर पुनकोे अध्यक्षता रहेकोे कार्यक्रममा राजमोका केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नेकपा क्रान्तीकारीका केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाली काग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरर्चन, नेपाली काँग्रेस जिल्ला उप सभापति सागर छन्त्याल, नेकपा एकिकृत समाजवादी पार्टी ढोरपाटन नगर संयोजक हरि बहादुर घर्ति, जसपाका जिल्ला उपाध्यक्ष गंग बहादुर घर्ति,माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतम,राजमो नगर अध्यक्ष दिपक थापा, दलित मुक्ति मोर्चा प्रदेश कमिति सदस्य विर बहादुर वि.क,राजमोका धन बहादुर कुवंर,दुर्गानाथ खरेल र महिला तथा दलितको तर्फबाट दिलमायाँ पौवी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले ढोरपाटन नगरपालिकामा नगरप्रमुख देवकुमार नेपालीले राज्यको तर्फबाट प्राप्त सम्पत्ती माथि पार्टी अनुकुल दोहन गर्ने गरेको, स्थानीय तह सञ्चालनको पद्धति र विधि बाहिर गएर मनोमानी गरेको, नगरपालिकाबाट जनताले आवश्यकताका आधारमा पाउनुपर्ने सेवा सुविधा लिँदा जवरजस्ती पार्टी प्रवेश गर्न बाध्य पारेको लगायतका कारण आफुहरु जनताको न्याय र स्थानीय तहमा हाल भइरहेको गलत प्रवृत्तिलाई रोक्नका निम्ति गाउँ गाउँमा पुगेकोे बताएका थिए ।

नगर प्रमुखको अत्याचारको विरुद्ध आफुँहरु एक ढिक्का भएर निर्वाचनमा होमीएको बताउदैँ उनीहरुले क्षणिक लोभ लालचमा नपर्न आम कार्यकतालाई आग्रह गरेका थिए । ५ वर्षको अवधिमा कुनै पनि काम राम्रो नगरेको बताउदैँ अनावश्यक लोभ देखाई सोझा साझा जनतालाई झुक्याउने गरेको आरोप समेत लगाएका थिए । ढोरपाटन ३ का अध्यक्ष तथा माओवादी केन्द्रमा महाधिवेशन प्रतिनिधि हेमेन्द्र घर्तिमगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने माओवादी केन्द्रकी गमी बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ चैत १७ गते बिहिबार ०७:५९
प्रतिक्रिया दिनुहोस्