बागलुङको ढोरपाटन ९ मा पुगेर आयोडिन नून बारे सचेतना सहित अन्तरक्रिया

बागलुङको ढोरपाटन ९ मा पुगेर आयोडिन नून बारे सचेतना सहित अन्तरक्रिया
२०७८ चैत २४ गते बिहिबार ०६:१३

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङले ढोरपाटन नगरपालिका–९ को ज्योती विकास आधारभूत विद्यालयमा आयोडिन नूनबारे बृहत अन्तरक्रिया गरेको छ । साथै, कर्पोरेशनले बालबालिकालाई शैक्षिक सामाग्री तथा झोला वितरण गरेको छ । कर्पोरेशनले...

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङले ढोरपाटन नगरपालिका–९ को ज्योती विकास आधारभूत विद्यालयमा आयोडिन नूनबारे बृहत अन्तरक्रिया गरेको छ । साथै, कर्पोरेशनले बालबालिकालाई शैक्षिक सामाग्री तथा झोला वितरण गरेको छ ।

कर्पोरेशनले विद्यालयका कक्षा १ देखि ८ सम्म पढ्ने १ सय ६५ जना बालबालिकालाई सामाग्री वितरण गरेको हो । उक्त अवसरमा कर्पोरेशनको तर्फबाट आयोडिनयुक्त नूनको प्रयोग र फाइदाबारे अभिमूखिकरण भएको थियो । विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको उपस्थितिमा भएको अन्तरक्रियामा कार्यालय प्रमुख मनोज श्रेष्ठले आयोडिन नूनको आवस्यकता, महत्व र प्रयोग गर्ने विधिबारे जानकारी गराउनुभएको थियो । उहाँले आयोडिन नून नियमित र सही ढंगले उपभोग गर्ने तरिकाबारे पनि जानकारी गराउनुभएको थियो ।

नूनमा आयोडित भएनभएको जानकारी दिन प्रयोगात्मक अभ्याससमेत भएको थियो । कर्पोरेशनका स्टोर किपर लालबाबु शाहले उक्त परीक्षण गरेर देखाएका थिए । उक्त अवसरमा बुर्तिवाङस्थित आयोडिन नूनका डिलर संचालक यामबहादुर जिसीले सबै अभिभावकलाई आयोडिनयुक्त नून वितरण गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर अदैको अध्यक्षता, राजेन्द्र आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ चकबहादुर अदैलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आरक्ष सुरक्षार्थ बसेका सेनाका अधिकारी र सिकार आरक्षका कर्मचारी सहभागि भएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ चैत २४ गते बिहिबार ०६:१३
प्रतिक्रिया दिनुहोस्