सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । अस्ति बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको राम नवमीको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज सूचना निकालेर यसबारेमा जानकारी गराएको हो ।
चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमा भगवान रामचन्द्रको पूजा आराधना गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको कोखबाट रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो ।
यस्तै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले भने पुर्व निर्धारित नगरपालिका स्तरीय आधारधुत तह उर्तिण परिक्षा कक्षा ८ र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा भोली आईतबार देखि सुरु गर्ने भएको छ ।
सरकारले आईतबार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि ढोरपाटन नगरपालिकाले पुर्वनिर्धारित समय तालिका अनुसार नै परिक्षा सञ्चालन गर्ने ढोरपाटन नगरपालिका शिक्षा शाखा प्राविधिक ज्ञाजेन्द्र प्रकाश सापकोटाले बताउनुभयो । प्रत्येक विद्यालयमा प्रश्नपत्र,विद्यार्थी प्रवेश पत्र वितरण,परिक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा केन्द्राध्यक्षलाई निर्देशन सहित सबै काम सकिएको बताउँदै प्राविधिक सापकोटाले भोलीको परिक्षा नरोकिने जानकारी दिनुभयो ।
भोली आईतबार देखि सुरु हुने परिक्षा बैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ढोरपाटन नगरपालिकामा सामुदायिक र संस्थागत गरि २३ वटा विद्यालय रहेका छन् ।










