बागलुङको बुर्तिबाङमा विप्लव नेतृत्वको नेकपा द्धारा मूल्य वृद्धिको विरुद्ध विरोध प्रर्दशन

बागलुङको बुर्तिबाङमा  विप्लव नेतृत्वको नेकपा द्धारा मूल्य वृद्धिको विरुद्ध विरोध प्रर्दशन
२०७८ चैत २७ गते आईतबार ०८:३०

बागलुङ - पेट्रोलियम पदार्थ लगायत विभिन्न दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्ध बागलुङ जिल्लाको विभिन्न स्थानहरुमा शनिबार विरोध प्रर्दशन गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बागलुङ जिल्लाको ढोरपाटन...

बागलुङ – पेट्रोलियम पदार्थ लगायत विभिन्न दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्ध बागलुङ जिल्लाको विभिन्न स्थानहरुमा शनिबार विरोध प्रर्दशन गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा समेत मसाल जुलुस गरेको थियो । बुर्तिबाङ पेट्रोलपम्पबाट सुरु भएर धौलागिरि चोकमा पुगि कोणसभा गरेको थियो । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी आकाश,जिल्ला सचिव क्रान्ति लगायत रहनुभएको थियो । जिल्लाका अन्य स्थानहरुमा समेत शनिबार विरोध प्रर्दशन गरिएको जनाईएको छ ।

देशमा अहिले सबै चिजमा मुल्य वृद्धि भएको छ । सरकार लाचार र रमिते बनेको छ । कोणसभामा कान्तिले मसाल जुलुस गर्नुको औचित्य बारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चलन हरि कुवंरले गर्नुभएको थियो । साथै विप्ललन नेतृत्वको नेकपा स्वतन्त्र उमेदवार उठाई आउदोँ चुनावमा भाग लिने समेत जनाईएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपाले ढोरपाटन नगरपालिकामा वडा अध्यक्षको उम्मेदवारी घोषण गरेको छ । नगर अध्यक्ष शिवध्वज पुनको अध्यक्षतामा आयोजित भेलाले नगरपालिकाको ९ वटै वडामा वडा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।

भेलाले वडा नम्बर १ मा हरि बहादुर कुवँर, वडा नम्बर २ मा दिल बहादुर कुमाल, वडा नम्बर ३ मा बालकुमार छन्त्याल, वडा नम्बर ४ मा शुसिल वि.क, वडा नम्बर ५ मा शिवध्वज पुन, वडा नम्बर ६ मा महेन्द्र भण्डारी, ७ मा खगेन्द्र घर्तीमगर, ८ मा भूमिकर्ण घर्ती मगर र ९ मा राधा सुनुवार वडा अध्यक्ष चयन गरेको छ । बैठकले मेयर र उपमेयर तथा वडा सदस्य पुनः छलफलबाट टुङ्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति २०७८ चैत २७ गते आईतबार ०८:३०
प्रतिक्रिया दिनुहोस्