बागलुङ जिल्लामा फरक निर्णय भए पनि ढोरपाटनमा गठबन्धन नै हुने

बागलुङ जिल्लामा फरक निर्णय भए पनि ढोरपाटनमा गठबन्धन नै हुने

छविलाल पाण्डे

@समय नेपाल

२०७८ चैत २८ गते सोमबार ०८:३७

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा ५ दलीय गठबन्धनको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई परिणाममुखी बनाउने गरी निरन्तर छलफल र तयारीमा लागेका गठबन्धनका नेताहरु थप जिम्मेवार...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा ५ दलीय गठबन्धनको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई परिणाममुखी बनाउने गरी निरन्तर छलफल र तयारीमा लागेका गठबन्धनका नेताहरु थप जिम्मेवार र सक्रियताका साथ अगाडी बढ्ने र निर्वाचन लक्षित कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले ढोरपाटन नगरपालिकामा भइरहेको विकृति र अतिवादका विरुद्धमा ५ वटै दल एक ढिक्का भएर अगाडी बढ्ने,बैशाख ५ गते युवा तथा नेता कार्यक्रतालाई निर्वाचन मुलक प्रशिक्षण दिने, जिल्लालाई चाँडो उमेद्वार टुङ्ग्याउन दबाद दिँदै ढोरपाटन नगरपालिकामा जिल्लाले फरक निर्णय गरे पनि यहाँका गठबन्धमा आवद्ध दलहरु कुनै भागबन्डाको आशा नराखी आफ्नो जिम्मेवारीलाई आत्मबोध गर्दै अगाडी बढ्ने निर्णय गरे नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो ।

गठबन्धनको बैठक र छलफल जारी रहेको छ । कार्यक्रतालाई थप सक्रिय बनाउँदै जिम्मेवार बनाउने र प्रत्येक वडा वडामा सक्रिय पूर्वक निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने गरी प्रशिक्षण मुलक कार्यक्रम गर्ने, दवाब र प्रभावमा पारी पार्टी प्रवेश गराउनेका विरुद्धमा शसक्त भएर अगाडी बढ्ने लगाएतका विषयमा निर्णय भएको छ अर्याले बताउनुभयो । केहि दिनमै उमेद्वारको टुङ्गो लगाउने गरी आन्तरीक तयारी समेत भइरहेको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले बताउनुभयो ।

कार्यक्रमकै अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रशिक्षक दुर्गानाथ खरेलले शासक भएर काम गर्दै आइरहेका छोटे राजालाई हटाउनका लागि स्वार्थ नराखी गठबन्धन चुनावी अभियानमा होमीन सुझाव दिनुभयो । जनताको माझमा सचेतना अभियानसहित चुनावी कार्यक्रममा लाग्नु पर्ने उहाँको भनाई छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर इन्चार्ज दिपक थापा, नेपाली काँग्रेस पूर्व प्रदेश सभापती नरजंग घर्ती, गठवन्धन सचिवलाय सदस्य गोपाल महत, रक्तिम साँस्कृतिक अभियान जिल्ला सचिव सहविन अर्गेजा लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ चैत २८ गते सोमबार ०८:३७
प्रतिक्रिया दिनुहोस्