कांग्रेसका १४ नेताको गलकोट नगरप्रमुखमा र बागलुङ नगरप्रमुखका लागि १३ नेताको दाबि

कांग्रेसका १४ नेताको गलकोट नगरप्रमुखमा र बागलुङ नगरप्रमुखका लागि  १३ नेताको दाबि
२०७९ बैशाख ४ गते आईतबार ०८:१९

बागलुङ – गत स्थानीय तहको निर्वाचनका गलकोट नगरमा कांग्रेसले मेयर, उपमेयर सहित बहुमत नेपाली काँग्रेसले जितेको नगरपालिका हो । काँग्रेसको बलियो संगठन र जनमत भएको पालिकामा नगरप्रमुखको लागि १४ जना कांग्रेसको नेताहरुले दाबी प्रस्तुत...

बागलुङ – गत स्थानीय तहको निर्वाचनका गलकोट नगरमा कांग्रेसले मेयर, उपमेयर सहित बहुमत नेपाली काँग्रेसले जितेको नगरपालिका हो । काँग्रेसको बलियो संगठन र जनमत भएको पालिकामा नगरप्रमुखको लागि १४ जना कांग्रेसको नेताहरुले दाबी प्रस्तुत गरेका छन् ।

गठबन्धन भयो भने यो नगरपालिकाको प्रमुख र उपप्रमुखसहित वडाहरुको भागबन्धा कसरी हुन्छ त्यसलाई पनि कांग्रेस र कम्युनिष्ट नेता,कार्यकर्ता र शुभेच्छुकहरुले विशेष चासोका साथ हेरेका छन् ।नेपाली काँग्रेस गलकोट नगरपालिका आयोजना गरेको भेला तथा बैठकमा १४ जनाले आकांक्षा व्यक्त गरेको नेपाली काँग्रेस गलकोट नगरसमितिका सचिव योगेश भण्डारीले जानकारी दिए ।

गठबन्धन हुने आशामा पनि धेरै कांग्रेसका नेताहरुले आफनो दाबि प्रस्तुत गर्न थालका छन् ।पार्टी भित्र नगरप्रमुख र उपप्रमुखका लागि आकांक्षीहरुलाई उम्मेदवारी आव्हान गरिएको थियो । नगरप्रमुखको लागि गलकोट नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा मगर,काँग्रेस बागलुङका निर्वतमान कोषाध्यक्ष उमेश गौतम, वडा नं ८ काँडेबासका अध्यक्ष एवं काँग्रेसका निवर्तमान जिल्ला सदस्य रामप्रसाद कँडेल, गलकोट बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख

कृष्ण प्रसाद गौतम, महाधिवेशन प्रतिनिधि मञ्जेशबम मल्ल, निवर्तमान जिल्ला सदस्य सुरेन्द्रबम मल्ल, निवर्तमान महाधिवेशन प्रतिनिधि याम श्रीष, महाधिवेशन प्रतिनिधि गिता श्रीष, पूर्वक्षेत्रीय सभापति घनश्याम गौतम, गण्डकी प्रदेश समिति प्रतिनिधि घनश्याम सुवेदी, गलकोट नगरपालिकाका नगर सभापति विरजंग भण्डारी, कांग्रेसका नेता डिलाराम सुवेदी र महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य मञ्जु शर्मा चालिसेले दाबी गरेका छन । नगरपालिका उपप्रमुखका लागि भने पाँच जना आकांक्षी रहेका छन् ।

जसमा क्षेत्र नं २ प्रदेश क का सभापति तिलक घर्ति मगर, काँग्रेसका पूर्वजिल्ला सदस्य राधिका पुन, जिल्ला सदस्य हिराबहादुर काउचा, धनमाय विक र क्षेत्रीय सचिव नारायण ध्वज मल्ल र नगरसमितिका सचिव योगश भण्डारी रहेका छन । काँग्रेस पहिलो शक्तिको रुपमा रहेको गलकोटमा माओवादी दोश्रो शक्तिको रुपमा रहेको छ ।

गठबन्धन हुँदै गर्दा यस पालिकामा माओवादी केन्द्रले पनि नगरप्रमुखमा विशेष दाबि गरेका छन् । यसलाई गठबन्धनका नेताहरुले कसरी कुशलता पूर्वक व्यवस्थापन गर्छन कार्यकर्ता र जनताले चासोका साथ हेरेका छन् ।

यस्तै  बागलुङ स्थानीय तहको निर्वाचन नजिकिएसँगै यतिबेला विभिन्न राजनीतिक दलहरुले आफ्नो उम्मेदवार सिफारिसको कामलाई तिव्र बनाएका छन । नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि एउटै दलबाट पनि धेरै आकांक्षी देखिएका छन ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बागलुङ नगरपालिकाको नगरप्रमुखका लागि काँग्रेसबाट पनि एक दर्जनको आकांक्षी देखिएको छ । विहिबार काँग्रेस नगरसमितिले आयोजना गरेको भेला तथा बैठकमामा नगरप्रमुखको उम्मेदवारको दाबि गर्ने १३ जना र उपप्रमुखका लागि २ जना रहेका छन ।

नगरप्रमुखका लागि नेपाली काँग्रेस बागलुङ नगरपालिका सभापति उमाकान्त शर्मा ‘बाबु’, काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, काँग्रेसका पूर्वजिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, क्षेत्र नं १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि युवा नेता विष्णु पौडेल दाह्री, काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, पूर्वमहाधिवेशन प्रतिनिधि कृष्ण शंकर श्रेष्ठ, निवर्तमान नगरसभापति महेन्द्र आचार्य, महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल, निर्वतमान पार्टी सभापति एवं हालका जिल्ला सदस्य दिपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि पार्वती आचार्य, डिएलए धौलागिरी संयोजक निरञ्जन राजभण्डारी र क्षेत्रीय प्रतिनिधि महेन्द्र खड्काले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी दाबी प्रस्तुत गरेका छन् ।

यसै गरी नगर उपप्रमुखमा भने महाधिवेशन प्रतिनिधि कल्पना हमाल पाठक र बानपा–४ का सभापति बुद्ध विष्टले आफ्नो उम्मेदवारी दाबी गरेको काँग्रेस बागलुङ नगरपालिकाका सचिव कृष्ण शर्माले जानकारी दिए । उम्मेदवारका आकांक्षी बिच नगरकार्यसमितिले पहिलो चरणमा छलफल गरेर मात्र माथिल्लो निकायमा पठाउने सचिव शर्माले बताए ।

केन्द्रदेखि नै गठबन्धन हुने भएसँगै यतिबेला उम्मेदवारको पनि लर्को लागेको छ । यदि गठबन्धन भएमा बागलुङ नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमख गठबन्धन भित्रकै दलले लिन सम्भावना रहेका कारण पनि उपप्रमुखका थोरैको उम्मेदवारी परेको आकलन गरिएको छ ।

प्रकाशित मिति २०७९ बैशाख ४ गते आईतबार ०८:१९
प्रतिक्रिया दिनुहोस्