बागलुङ- २०७४ सालको स्थानीय निर्वाचनमा एकाएक एमालेको चुवान चिन्हबाट ढोरपाटन नगरपालिकाको मेयरमा उमेद्वारी दिएर निर्वाचित भएका देव कुमार नेपाली, फेरि दोहोरिएर आउने भएका छन् । पाँच दलीय गठबन्धनका विरुद्ध नेकपा एमालेले नेपालीलाई दोहोर्याएर मेयर पदमा टिकट दिने पक्का भएपनि अहिले सामाजिक सञ्जालमा प्रचार सुरु भएको छ ।
गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरको उमेदवार बन्ने चर्चामा आएका नेपाली, निर्वाचनको मनोनयन गर्दा एकाएक एमालेको चुनाव चिन्हबाट लड्ने गरि उमेदवार भएका थिए । निर्वाचन प्रचारदेखि निर्वाचनमा जित हासिल गर्दासमेत एमालेको चुनाव चिन्ह सुर्य आफूले सापटी मात्र लिएको जिकिर गरेका नेपाली पछि एमालेमै समाहित भएका हुन् ।
पाँच वर्षको कार्यकाल सम्ँहाल्दा सकरात्म प्रगति देखाउन नसकेका नेपाली आफ्नो रुचिले मेयरमा दोहोरिन नचाहेको भएपनि, पाँच दलीय गठबन्धनको टक्कर दिनसक्ने अर्को उमेद्वार पार्टिले नदेखेपछि उनलाई नै दोहोर्याइएको एमालेका एक नेताले बताए ।
सरकार सञ्चालन गर्ने कार्यशैली खासै राम्रो नदेखिएको भन्दै पार्टि पंक्तिमा समेत राम्रो छाप नेपालीले छोड्नख नसकेको देखिन्छ । पछिल्लो समय विभिन्न पार्टिबाट एमालेमा प्रवेश गर्नेहरुको लहर र नेपालीलाई नै उमेद्वार बनाउँदा गठबन्धनलाई हराउन सकिन्छ भन्ने एमालेको जिकिर छ । यद्यपि यदि गठबन्धन कायम भएर आयो भने नेपालीलाई सजिलो र सरल ढंगले जित निकाल्न कठिन देखिन्छ ।
गत स्थानीय निर्वाचनमा नेपालीले २ हजार ६ सय ९२ मत ल्याएर विजयी भएका थिए । जसका विरुद्ध त्यसबेला भिन्नाभिन्नै निर्वाचनमा होमिएका नेपाली काँग्रेसका अर्जुन शेरचनले १ हजार ९ सय ४६, राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डेले १ हजार ६ सय ६८ र माओवादी केन्द्रका स्व. शेरमान घर्तिमगरले १ हजार ३ सय १३ मत ल्याएका थिए । जो सबै जम्मा गर्दा ४ हजार २ सय २७ अर्थात नेपालीको भन्दा २ हजार २ सय ३५ मत बढी देखिन्थ्यो । तत्कालिन समयमा ढोरपाटनमा एमालेको अधिकतम मत भनेको १ हजार ५ सयको हाराहारीमा दावी गरिएको थियो । जहाँ नेपाली उमेद्वार भएपछि, करिव १ जहार २ सय मत अन्य पार्टिका तानेका हुन् ।
पछिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि माओवादी केन्द्रमा रहेका केही समर्थकहरु एमालेमा प्रवेश गरेका छन् । वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी जो माओवादीका तर्फबाट वडा अध्यक्ष जितेका थिए उनी अहिले एमालेमा छन् । यस्तै राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसका केही समर्थक र नेताहरु समेत अहिले एमालेमा समाहित भएका छन् । राजमोबाट निर्वाचित वडा नं. २ का वडा अध्यक्ष युवराज महत र नेपाली काँग्रेसबाट वडा नं. ६ मा निर्वाचित उमेदवार जीवन पुन अहिले एमालेमा पुगेका छन् । उनीहरुका कारण पनि हालको गठबन्धनमा भोट कटौति हुने देखिन्छ । एमालेको साविकको मत बढेर जाने छ । यस्तै जनमोर्चाले वडा नं. ४ मा आफ्नो पार्टिबाट निर्वाचित वडा अध्यक्ष तिलक पुनलाई काँग्रेस प्रवेशको आरोप सहित कार्वाही गरेको छ । जस्ले पनि अहिलेको गठबन्धनमा मत कमजोर हुने अवस्था देखिन्छ ।
तर अहिलेको स्थानीय तहमा ढोरपाटन नगरपालिकामा करिव १७ हजार बढी मतदाताले नामावली दर्ता र अध्यवधिक गराएका छन् । स्थानीय तहमा भएका मतदाताको ७० प्रतिशत मत खस्ने आँकलन गर्न सकिन्छ । जस्ले १२ हजार मतदाता अहिलेको मतदान प्रक्रियामा सहभागी हुने देखिन्छ । यसले के देखाउँछ भने, ढोरपाटनमा एमाले र पाँच दलीय गठबन्धनबीच दुई पक्षीय प्रतिस्पर्धा हुने पक्का छ । यहाँ निर्वाचित हुने मेयर र उपमेयरले कम्तिमा ६ हजार मत ल्याउनुपर्ने छ । यहाँ मेयरका उमेदवार नेपालीले पहिले आफूले ल्याएको मतलाई दोब्बर बढी बनाउनु पर्ने छ भने, कायम रहेको पाँच दलीय गठबन्धनले साविकको कायम गर्दे थप २ हजार मत बढी खसाल्नुपर्नेछ । जहाँ गठबन्धनले जर्कै उमेद्वार ल्याउन सक्छ सक्दैन भनेर एक कोणबाट हेरिएको छ । यसपटक पनि ढोरपाटनको निर्वाचन रोचक र प्रतिस्पर्धि हुनसक्ने नगरवासीको आँकलन छ ।
ढोरपाटन पोष्ट











