ढोरपाटनबाट लागु औषध सहित पक्राऊ परेका दम्पतिलाई म्याद थप

ढोरपाटनबाट लागु औषध सहित पक्राऊ परेका दम्पतिलाई म्याद थप
२०७९ बैशाख ६ गते मङ्गलबार ०६:४६

जिल्ला अदालत बागलुङले लागु औषध सहित पक्राऊ परेका म्याग्दीका एक दम्पतिलाई थप अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका वडा न. २ घर भई बागलुङको ढोरपाटन नगरपालिका २ बस्ने ४९ बर्षीय धनबहादुर...

जिल्ला अदालत बागलुङले लागु औषध सहित पक्राऊ परेका म्याग्दीका एक दम्पतिलाई थप अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका वडा न. २ घर भई बागलुङको ढोरपाटन नगरपालिका २ बस्ने ४९ बर्षीय धनबहादुर भण्डारी र उनको श्रीमति ४० बर्षीय मिना थापा भण्डारीलाई थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरि थुनामा राख्न मंगलबार आदेश दिएको हो ।

उनीहरुलाई बुर्तिबाङमा उनीहरु आफैले सञ्चालन गरेको पसलबाट लुकाईछिपाई राखेको लागु औषध सहित पक्राऊ गरिएको थियो । यहि बैशाख ४ गते घरबाटै पक्राऊ परेका उनीहरुको पसलबाट गाँजा जस्तो देखिने धुलो पदार्थ ७ सय ग्राम नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

भण्डारी दम्पति यस भन्दा पहिले पनि कैद भुक्तानी गरेका व्यक्ति हुन् । उनीहरलाई २०७७ असार १२ गते १९० ग्राम चरेश र ९ किलो ग्राम गाँजाको धुलो सहित पक्राऊ परेका थिए । सोही मुद्धामा उनीहरुले १६ महिना १६ दिन कैद भुक्तानी गरेका थिए ।

प्रकाशित मिति २०७९ बैशाख ६ गते मङ्गलबार ०६:४६
प्रतिक्रिया दिनुहोस्