बागलुङ ३ गुठीमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ ३ गुठीमा करेन्ट लागेर एक जनाको मृत्यु
२०७९ बैशाख ६ गते मङ्गलबार ०६:५३

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउसो बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा करेन्ट लाग्दा धनुषा जिल्लाको ढल्केवर घर भई मालढुङ्गा बस्दै आउनु भएका १८ वर्षीय सुनिल आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कायालय बागलुङका...

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउसो बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा करेन्ट लाग्दा धनुषा जिल्लाको ढल्केवर घर भई मालढुङ्गा बस्दै आउनु भएका १८ वर्षीय सुनिल आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कायालय बागलुङका सूचना अधिकारी डिएपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

स्थानीय शिवबहादुर सहानीको निर्माणाधिन घरमा सटक जोड्ने क्रममा करेन्ट लागेर घाइते हुनु भएका आलेलाई उपचारका लागि धौलागिरी अस्पतालमा लगिएकोमा डाक्टर मृत्यु घोषणा गरेको डिएसपी रानाले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

आदर्श अनलाइन

प्रकाशित मिति २०७९ बैशाख ६ गते मङ्गलबार ०६:५३
प्रतिक्रिया दिनुहोस्