ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट निरिक्षक वन्तको बिदाई,अधिकारी आउँदै

ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट निरिक्षक वन्तको बिदाई,अधिकारी आउँदै
२०७९ बैशाख ७ गते बुधबार ०७:३७

बुर्तिबाङ- ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक जयराम वन्तको सरुवा भएको छ । निरिक्षक वन्त करिब १ वर्ष पश्चिम बागलुङको बुर्तिबाङमा रहेर काम गर्नुभएको थियो । वन्त सरुवा भएर पुर्वि नवलपरानी जान लाग्नुभएकोे हो...

बुर्तिबाङ- ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक जयराम वन्तको सरुवा भएको छ । निरिक्षक वन्त करिब १ वर्ष पश्चिम बागलुङको बुर्तिबाङमा रहेर काम गर्नुभएको थियो ।

वन्त सरुवा भएर पुर्वि नवलपरानी जान लाग्नुभएकोे हो । आज साझँसम्म ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रहरी निरिक्षकका रुपमा काठमान्डौबाट राजेश अधिकारी शर्मा आउदैँ गरेको समेत जनाईएको छ । आज एक कार्यक्रमको आयोजना गरि वन्तलाई विदाई गरेको थियो ।

यस्तै ढोरपाटन नगरपालिकाको तर्फबाट नगरप्रमुख देव कुमार नेपाली लगायतले समेत थप प्रगतिको कामना सहित बिदाई गर्नुभएको थियो । विदाई हुदैँ गर्दा निरिक्षक वन्तले पश्चिम बागलुङको बुर्तिबाङमा करिव १ वर्षको अवधिमा अपराध नियन्त्रण,शान्ति सुरक्षा कायम गर्न साथ सहयोग र निर्देशन गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति २०७९ बैशाख ७ गते बुधबार ०७:३७
प्रतिक्रिया दिनुहोस्