एमाले बागलुङले प्रदेशमा पठायो पालिकाका आकांक्षी (नामावली सहित)

एमाले बागलुङले प्रदेशमा पठायो पालिकाका आकांक्षी (नामावली सहित)
२०७९ बैशाख १० गते शनिवार ०७:३८

नेकपा एमाले बागलुङले पालिकाका उम्मेदवारहरुको नाम प्रदेशमा पठाएको छ । सर्वसम्मत भएको पालिकाको नाम र सर्वसम्मत नभएर आकांषी रहेका पालीकाका उममेदवारहरुको नामावली गण्डकी प्रदेशमा पठाइएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख...

नेकपा एमाले बागलुङले पालिकाका उम्मेदवारहरुको नाम प्रदेशमा पठाएको छ । सर्वसम्मत भएको पालिकाको नाम र सर्वसम्मत नभएर आकांषी रहेका पालीकाका उममेदवारहरुको नामावली गण्डकी प्रदेशमा पठाइएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीति पार्टी भित्र निर्वाचन लड्नका आकांक्षीहरु धेरै भएका कारण आकांक्षहिरुको नामावली प्रदेशमा पठाइएको छ । यद्यपी ढोरपाटन, गलकोट, जैमिनी, ताराखोला लगायतको पालिकामा भने सर्वसम्मत भइसकेकाले तयही नामावली प्रदेशमा पठाइएको छ ।

एमाले बागलुङले बागलुङ नगरपालिकाको नगर प्रमुख पदका आकांक्षी एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियार, जिल्ला सहसचिव गणेश थापा, जिल्ला सदस्य शिव सापकोटा, एमाले प्रदेश कमिटि सदस्य कुमार खड्का, गीता शर्मा, राम शर्माको नाम गण्डकी प्रदेशमा पठाएको छ । यस्तै बागलुङ नगरपालिकाको उपप्रमुखमा पबित्रा कुमारी रोकाको नाम जिल्ला कमिटीले पठाएको छ ।

यस्तै गलकोट नगरपालिकाको नगर प्रमुख पदमा पुर्ण काउचा र उप–प्रमुखमा रूपा बिश्वकर्मा,ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा वर्तमानमा नगर प्रमुख देव कुमार नेपाली, उप प्रमुखमा करमति पुन र अस्मिता भण्डारी,जैमिनी नगरपालिकाको नगर प्रमुखमा लिला राना र उपप्रमुखमा यमुना देवी शर्माको नाम प्रदेश कमिटीमा पठाएको एमाले बागलुङले जनाएको छ ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा बाहलवाला अध्यक्ष अमर बहादुर थापा, डिलबहादुर कार्की, खिमानन्द कंडेल र हुमा कुमारी जिसी (अन्जु) र उपाध्यक्षमा कोपीला पुन सिफरिस गरिएको छ । इस्तै निसीखोला गाउँपालिकाको अध्यक्षमा भुमिराज घर्ती, रूद्र पौडेल र उपाध्यक्षमा रूपा पौडेल र अमरसिंह घर्ती, तमानखोला गाउँपालिकाको अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक र फारम देबी छन्त्याल सिफरिस गरिएको एमाले उपसचिव गणेश थापाले जानकारीद दिनुभयो ।

यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा मगर, यमकली थापा र पदम गिरी सिफारिस गरिएको छ । यस्तै उपाध्यक्षमा झोम बहादुर थापा, शान्ति भुजेल र दुर्गा कार्की थापा क्षेत्रीको नाम प्रदेश कमिटीमा पठाइको छ । यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा मेयरसिंह पाइजा, शुनिल शेरचन, राजन पाइजा, बिष्णु भुसाल, गुणनिधि घिमिरे, तिर्थमणि भुसाल, यम बहादुर श्रीस र टेकनारायण खरेल तथा उपाध्यक्षमा तुलसा बुढा, मिना रायमाझी, बिना कुमारी थापाको नाम पठाएको हो । दश पालिका मध्ये सबैभन्दा सबैभन्दा बढी महत्वपूर्ण मानिएको बागलुङ नगरपालिकामा एमालेले सिफारिस गरे बाहेकको उम्मेदवार छनौट हुन सक्ने समेत बताइएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख तथा गण्डकी प्रदेश सदस्य जनकराज पौडेल दोहोरिएर आउने संभावना समेत रहेको छ । एमालेमा समेत आकांक्षीहरु बढी भएकाले उम्मेदवारको टुङ्गो प्रदेशलाई लगाउने जिम्मा दिइएको छ ।

केन्द्रिय निर्देशन अनुसार उम्मेदवार टुङ्गो लगाउन नसकेमा एक महिला सहित दुई जनाको नाम प्रदेशमा पठाउने भनिएपनि आकांक्षीहरुको नाम जिल्लामा काटिदा रुष्ट हुँने भएकाले प्रदेशमा पठाइएको एक नेताले बताए ।

थप यो पनि पढ्नुहोस ।

गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख

नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन ।

मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाउनु भएकाे छ । विष्टलाई अध्यक्षमा दोहोयाउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट गाउँपालिका उपाध्यक्ष बन्न लाग्नुभएकाे हाे ।

लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी नुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङ गाउँपालिकाको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा तथा घरपझोङ गाउँपालिकाको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मीमकुमारी शेरचनलाई टिकट दिएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घलेलाई दोहोयाइएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाउनु भएकाे छ । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने हुनुभएकाे छ ।

उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिकामा मनबहादुर गुरुङ अध्यक्ष र अर्विन गुरुङ उपाध्यक्षमा उम्मेदवाार बन्नुहुनेछ । यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएको छ । उपाध्यक्षमा अहिले निर्णय आएको छैन ।

लमजुङको क्होंलासोंथर गाउँपालिकाको अध्यक्षमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकिय सचिव सूर्यप्रसाद गुरुङले टिकट पाउनु भएकाे छ । गोखराको अजिरकोट गाउँपालिकाको अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुकबहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङको टिकट टुंगो लागेको छ ।

स्याङजाको आँधीखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्णबहादुर खाँड र उपप्रमुखमा खगिसरा थापा मगरले टिकट पाउनु भयाे भने हरिनास गाउँपालिका अध्यक्षमा खीमनारायण मानन्धरनै दोहोरिनु भएकाे छ ।

तनहुँको आँबूखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसी, कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ दोहोरिने हुनुभएकाे छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको टिकट भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजाले पाउनु भएकाे छ । रघुगंगा गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजा, मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्वुजा, मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोकाले टिकट पाउनु भयाे ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे तथा मध्यविन्दु नगरपालिकाको प्रमुखमा भीमलाल अधिकारी, पर्वतको पैंयू गाउँपालिकाको अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाले टिकट पाउनु भयाे ।

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका गण्डकी प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिनुभयाे ।

स्रोत – आदर्श

प्रकाशित मिति २०७९ बैशाख १० गते शनिवार ०७:३८
प्रतिक्रिया दिनुहोस्