बागलुङमा सत्तागठबन्धनले मध्यरातमा सहमती गरेका छन् । चार दल बीच भएको सहमति अनुसार बागलुङ नगरपालिकामा नेपाली कांग्रेसले ९ वटा वडामा उमेद्वारी दिने भएको छ । नेकपा एकिकृत समाजबादीले तीन, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक वडामा उमेद्वारी दिने सहमति भएको हो ।
सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका वडा नं. १, ३, ६, ७, ८, ९, ११, १३ र १४ वडामा उमेद्वारी दिने छ । एकिकृत समाजबादीले २, ५ र १०, राजमोले १२ र माओबादी केन्द्रले ४ नं वडामा उमेद्वारी दिने सहमतिमा उल्लेख छ ।सहमति अनुसार कार्यपालिका सदस्य र वडा सदस्यमा समेत भागवण्डा भएको छ ।
बागलुङमा ५ दलीय गठबन्धनको भागवण्डा
आगामी स्थानीय निर्वाचनका लागि ५ दलीय गठबन्धनले भागवण्डा मिलाएको छ । स्थानीय १० पालिकासंगै जिल्ला समन्वय समितिमा समेत दलहरुले भागवण्डा मिलाएका छन् । लगातार ४ दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा, उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।
बागलुङका ४ नगरपालिका मध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यस्तै ६ गाउँपालिका मध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ ।
गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा एकीकृतले पाउने भएका छन् । सबै वडामा समेत भागवण्डा मिलाएका छन् ।
नेकपा एकीकृत समाजवादीले बागलुङ नगरपालिका वडा नम्बर २, जनमोर्चाले बागलुङ नगरपालिका वडा नम्बर १२ र काठेखोला वडा नम्बर ४ पाएपछि सहमति जुटेको एक नेताले बताए ।










