ढोरपाटन नगरपालिकामा नेकपा एमालेले जनमोर्चाबाट विद्रोह गरेको समुहसँग गठबन्धन गरि स्थानीय तहको चुनावी मैदानमा उत्रेको छ ।
एमालेबाट यस अघि नगर प्रमुख रहेका देवकुमार नेपाली पुनः नगर प्रमुखमा उमेद्वारी मनोनयन गराएका छन् भने राजमो विद्रोही समुहबाट ताराकुमारी पुन उपप्रमुखको उमेदवार बनेकि छन् । पुन यसअघि राष्ट्रिय जनमोर्चाबाट ढोरपाटन नगरपालिकाको वडा नं. ४ मा महिला सदस्य हुँदै जिल्ला समन्वय समिति बागलुङमा सदस्य थिईन ।
नगरका अधिकतम वडामा प्रतिनिधित्व हुनेगरि सहमति भएपछि बाजागाजा सहित नेकपा एमालेको सुर्य चिन्हबाटै निर्वाचन लड्ने गरि मनोनयन दर्ता भएको बताइएको छ ।
ढोरपाटनमा एकातिर पाँच दलीय गठबन्धन छ । पाँच दलीय गठबन्धनबाट वडाका धेरै स्थानमा वागी उमेद्वारी समेत परेको छ । यसले एमालेलाई जिन्त सजिलो भएको उनीहरुको दावी छ । यद्यपी एमालेमा समेत असन्तुष्ट व्यक्त गर्नेहरुले स्वतन्त्र उमेदवारी हालेका छन् ।
गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याल प्रमुखमा र काँग्रेसका कल्याण कायत उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।










