बागलुङको ढोरपाटनमा संयुक्त ५ दलिय गठबन्धनको उमेदवार परिचय कार्यक्रम

बागलुङको ढोरपाटनमा संयुक्त ५ दलिय गठबन्धनको उमेदवार परिचय कार्यक्रम
२०७९ बैशाख १४ गते बुधबार ०७:३६

बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा संयुक्त ५ दलिय गठबन्धनको उमेदवार परिचय कार्यक्रम सम्पन्र्न गरिएको छ । आउँदो बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई मध्यनजर गदैँ चुनावी अभियानलाई तीव्र पार्न गठबन्धनमा आवद्ध दलहरुले...

बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा संयुक्त ५ दलिय गठबन्धनको उमेदवार परिचय कार्यक्रम सम्पन्र्न गरिएको छ । आउँदो बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई मध्यनजर गदैँ चुनावी अभियानलाई तीव्र पार्न गठबन्धनमा आवद्ध दलहरुले सो कार्यक्रम आयोजना गरेका हुन् ।

भोली नै प्रत्येक वडाहरुमा निवार्चनको लागि गठबन्धनको कार्यलय स्थापन गर्ने र चुनावी अभियान चलाउने समेत जनाईएको छ । गठबन्धनबाट ढोरपाटन नगरपालिको नगर प्रमुखमा माओवादी केन्द्रका चन्द्रलाल अर्याल,उपमेयरमा नेपाली काग्रेंसका धन बहादुर कायत कल्याण चुनावी मैदानमा हुनुहुन्छ । ढोरपाटन नगरपालिकाको वडा नम्बर १ मा नेपाली काग्रेंस,वडा नम्बर २,३ र ४ मा राष्टिय जनमोर्चा,वडा नम्बर ५ मा माओवादी केन्द्र, वडा नम्बर ६ मा नेपाली काग्रेंस,वडा नम्बर ७ मा राष्टिय जनमोर्चा,वडा नम्बर ८ मा माओवादी केन्द्र र वडा नम्बर ९ मा एकिकृत समाजवादी पाटीलाई परेको थियो ।

गठबन्धनमा आवद्ध दलहरु एकजुट हुने,पाटीको निर्देशन विपरित वागी उमेद्धवारी दिनेहरुसगँ निरन्तर सम्वाद भैरहेको र गठबन्धनकै जित निश्चित रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । साथै गठबन्धनमा आवद्ध दलले पाटीको निर्देशन नमान्ने उमेद्धवारलाई साधारण सदस्य समेत नरहने गरि कारवाही समेत गर्न सक्ने चेतावनी दिएका थिए । कार्यक्रमा प्रत्येक वडाका उमेद्धवारहरु सहभागी रहेका थिए ।

नेकपा एमालेमा रहनुभएका तुल्सीराम अर्याल र ददिराम शर्मा पुरानै घरमा पर्किनुभएको थियो । उहाँहरुलाई पुरानै घरमा स्वागत गरिएको थियो । उहाँहरुले राजनिती खेल रहेको बताउदैँ स्थाई सत्रु र मित्र नहुने बताउनुभएको थियो । अवको जित गठबन्धनकै हुने बताउदैँ जनता गठबन्धनकै पक्षमा रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति २०७९ बैशाख १४ गते बुधबार ०७:३६
प्रतिक्रिया दिनुहोस्