एमाले गण्डकी प्रदेश सदस्य अर्याल दाजुभाई नै माओवादी केन्द्रमा नै फर्किए

एमाले गण्डकी प्रदेश सदस्य अर्याल दाजुभाई नै माओवादी केन्द्रमा नै फर्किए
२०७९ बैशाख १५ गते बिहिबार ०८:३४

बागलुङ- नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा...

बागलुङ- नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

दश वर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए ।

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन्’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किका हौं ।’ पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् ।यसै विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पनी भैरहेको छ ।

प्रकाशित मिति २०७९ बैशाख १५ गते बिहिबार ०८:३४
प्रतिक्रिया दिनुहोस्