वैशाख ३० गते हुने स्थानिय निर्वाचकको निम्ती बागलुङमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।
बागलुङमा रहेका ४ नगरपालिका र ६ गाउँपालिका सहित ८५ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनको लागि ५ दलिय गठबन्धन एकजुट भएका छन भने नेकपा एमाले अर्कोतर्फ छ । केहि पालिकामा भने राप्रपा र विद्रोही राजमो सगँ एमालेले चुनावी तालमेल गरेको छ ।
विभिन्न कारणहरुले चर्चामा रहदैँ आएको ढोरपाटन नगरपालिकामा यस पटको चुनावी माहोल रोचक नहुनेमा दुईमत छैन् । नेता कार्यकर्ता फेरिने देखी आफ्नो पक्षमा मतदाता तान्ने होडमा नेताहरु देखिन्छन । ढोरपाटन नगरपालिकामा गठबन्धनमै आवद्ध नेता कार्यकर्ताले वागी उमेद्वारी दिनु र एमालेकै खरो विरोध गर्ने जनमोर्चाबाट विद्रोह गरेको समुहसँग चुनावी तालमेल गर्नुलाई रोचक ढंगले हेरिएको छ ।
५ दलिय गठबन्धनका तर्फबाट ढोरपाटन नगरपालिकामा मेयर पदका साझा उम्मेदवार चन्द्रलाल अर्याल र उपमेयरमा धन बहादुर कायत कल्याण चुनावी मैदानमा हुनुहुन्छ । उता नेकपा एमालेका तर्फबाट पुर्व नगर प्रमुख देव कुमार नेपाली र उप मेयरमा जनमोर्चाबाट विद्रोह गरेको समुहबाट तारा कुमारी पुन चुनावी मैदानमा हुनुहुन्छ । ढोरपाटन नगरपालिकामा गठबन्धन र एमाले प्रत्येक वडामा सम्पर्क कार्यलय स्थापना सहित मतदाता रिझाउन तर्फ लागेका छन् ।
स्वतन्त्र उमेद्वारी दिएकाहरु सगँ निरन्तर छलफल भैरहेको र केहि उमेद्वारी फिर्ता लिन सहमत समेत रहेको स्रोतको दाबी छ । भोली सम्ममा सबै सहमतिमै आउने उल्लेख गरिएको छ । पाटीमा टिकट नदिएको लगायत कारण देखाउदैँ केहि कार्यकर्ता पाटि परिवर्तन समेत गरेका छन् । जसलाई अर्थपुर्ण रुपमा लिएको जानाकारहरु बताउँछन् । सवारीसाधन सहित गाउँगाउँमा पाटीका झण्डा फरफराउन थालेका छन् ।










