पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ३५ जनाले उम्मेदवारी फर्ता लिएका छन् । चार जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख, ९ जना वडा अध्यक्ष र ११ जना वडा सदस्य, ६ जना महिला सदस्य र तीन जना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको ढोरपाटन नगरपालिकाका निर्वाचन अिधकृत लालसिंह थापाले जानकारी दिनुभयो ।
नगर प्रमुखमा उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, गंगाबहादुर घर्ती, शैलेस घर्ती मगर, दलबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएको थापाको भनाई छ । उपप्रमुखमा उम्मेदवारी दिएका दिलमाया पौवि र भीमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ ।
ढोरपाटनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि ५ जना, वडा अध्यक्षमा ३९ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका थिए ।
यस्तै तमानखोला गाउँपालिकामा १ जनाले उम्मेदवारी फर्ता लिएका छन् । गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नरेन्द्रकुमार छन्त्यालले उम्मेदवारी फिर्ता लिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानले जानकारी दिनुभयो ।
तमानखोलामा अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि ४ जना, वडा अध्यक्षमा १७ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।
यस्तै जिल्लाको निसीखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फर्ता लिएका छन् । पाँच जना वडा अध्यक्ष र चार जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निसीखोला गाउँपालिकाका निर्वाचन अिधकृत गोविन्द गिरीले जानकारी दिनुभयो ।
निसीखोला अध्यक्ष र उपाध्यक्षमा चार÷चार जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ४५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका थिए ।
यो पनि पढौं ।
गलकोटमा ८ जनाको उम्मेदवारी फिर्ता
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गत बैशाख ११ र १२ गते गरेको उम्मेद्वारी दर्ता आज ८ जनाले फिर्ता लिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको उमेद्वारी फर्ता गर्ने समयमा १ जना नगर प्रमुख, २ जना वडा अध्यक्ष तथा ५ जना वडा सदस्य गरि ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।
गलकोट नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका गलकोट नगरपालिका वडा नम्वर १ का गुमानसिंह बुढाथोकी, गलकोट नगरपलिका वडा नम्वर ५ को वडा अध्यक्षमा स्वतन्ज्ञ उम्मेदवारी दिनुभएका ललित बहादुर थापा श्रीस, वडा नम्वर ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका भिम बहादुर बिकले उम्मेदवारी फिर्ता गर्नुभएको निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गलकोट नगरपालिका वडा नम्वर १ वडा सदस्यमा कृष्ण बहादुर गुरुङ, गलकोट नगगरपालिका वडा नम्वर २ को वडा सदस्यमा लाल बहादुर भण्डारी, हर्क बहादुर थापा, गलकोट नगरपालिका वडा नम्वर ३ को वडा सदस्यमा तारा बहादुर अधिकारीले आफ्नो उम्मेद्वारी फिर्ता गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिनुभएका ७ सहित नेकपा एकिकृत समाजवादीको तर्फवाट वडा सदस्यका उम्मेदवार १ गरि ८ जना फिर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गलकोट नगरपालिकाको प्रमुखमा ५ जना बिच प्रतिस्प्रर्धा हुने भएको छ ।
गलकोट नगरपालिकाको प्रमुखमा ५ दलिय गठवन्धनको तर्फवाट नेपाली कांग्रेसका नेता तथा निर्वतमान नगर प्रमुख भरत शर्मा गैरे, नेकपा एमालेका नेता पुर्ण काउचा, स्वतन्त्र उम्मेद्धार मन्जु शर्मा चालिसे, दिपेन्द्र साहानी, राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट डम्मर बहादुर केसीबिच प्रतिस्प्रर्धा हुने भएको हो ।
त्यस्तै त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा ५ दलिय गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरे र नेकपा एमाले नेतृ रुपा विक, स्वतन्त्र उम्मेदवार तिल बहादुर उप्रेति बिच प्रतिस्प्रर्धा हुनेछ ।
गलकोट नगरपालिकाको ५७ पदमा १ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएकोमा ८ जनाले फिर्ता गरेसंगैं अब १ सय २५ जनाले प्रतिस्प्रर्धा गर्नेछन् ।
नगरप्रमुखमा ५, उपप्रमुखमा ३, वडा अध्यक्षमा २६, वडा सदस्यमा ९१ जनाले प्रतिस्प्रर्धा गर्नेछन् । गलकोटमा नगर प्रमुखमा २, उपप्रमुखमा १, वडा अध्यक्ष २ र वडा सदस्यमा ४ जना स्वतन्त्र उम्मेदवार सहित १ सय २५ जना चुनाबी मैदानमा होमीएका छन् । शनिबार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।










