पाँच दलीय गठबन्धनले बागलुङको ढोरपाटन नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका नेता कार्यकर्तालाई धन्यबाद दिएको छ । गठबन्धनले पत्रकार सम्मेलन मार्फत उम्मेदवारहरु उम्मेदवारको धारणा सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिकामा गठबन्धनका नेता कार्यकर्ताबाटै स्वतन्त्र उम्मेदवारी परेपछि नेता कार्यक्रताले उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका छन ।
आयोजित कार्यक्रममा स्वतन्त्र मेयर र उपमेयरमा गराका नेपाली काँग्रेसका नेता शैलेस घर्तीले समेत आफनो उम्मेदवारी फिर्ता लिँदै पार्टीमा रहेका केहि नेताले तानाशाही प्रवृत्ति देखाएका कारण आफु स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचन लड्ने तयारीका साथ होमिए पनि पाँच दलिय गठबन्धनको एजेन्डालाई सर्मथन गर्दै आफुहरुले उम्मेदवारी फिर्ता लिइएको बताए । ढोरपाटन नगरपालिकामा नेकपा एमाले र निवर्तमान सरकारले गरेको अन्याय र अत्याचारका विरुद्धमा सक्रिय पूर्वक गठबन्धनको जित सुनिश्चत गर्नका निम्ती आफुहरु लागि पर्ने बताए ।
उपमेयर पदमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी नेतृ दिलमाया पौवीले फिर्ता लिँदै पार्टीले जनताको मर्म र भावना नबुझेका कारण आफुहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउँदै नेताहरुले आफ्नो मातहतमा रहेका कार्यकर्तालाई मात्र अगाडी सार्ने प्रवृत्तिलाई खबरदारी गर्न र जनताले चुनेको व्यक्तिलाई अगाडी सार्नुपर्ने अवस्थाको सृजना गर्न दवाव स्वरुप उम्मेदवारी दिएको बताइन् । ढोरपाटन नगरपालिकामा भइरहेको विकृति र विसंगतीलाई अन्त्य गर्नका निम्ती गठबन्धन आवश्यक रहेका कारण
आफुहरुको पूर्ण सर्मथनसहित पार्टीका नेतृत्वलाई राखेर आगामी दिनमा यस्ता गल्ती कमजोरी नगर्न आग्रह गरिन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सोम पौवीले गठवन्धलाई पाँच वर्ष सम्म एक ढिक्का बनाएर लैजानुपर्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउनका निम्ती एकताबद्ध हुनु पर्ने बताए । गठवन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार चन्द्र अर्यालले गठबन्धन केवल ढोरपाटन नगरपालिकामा रहेका खराब पात्र र प्रवृत्तिको निर्वाचन मार्फत हरणको लागि भएको बताए । जनताको मतलाई महत्व दिएर
आफुले साझा गठबन्धनका नेता कार्यक्रताको सुझाव सल्लाह अनुसार अगाडी बढ्ने बताए । गठबन्धन भत्किन्छ र आफुले स्वार्थ लिन पाइन्छ भनेर बसेका अराजक तत्वलाई स्वतन्त्र उम्मेदवारी दिएकाले फिर्ता गरेर गतिलो झापड दिएको बताउँदै गठबवन्धनको एकतालाई कसैले रोक्न नसक्ने बताए । आफु सबैको साझा उम्मेदवार रहेको र निर्वाचित भएपछि पनि साझा भएर काम गर्ने प्रतिबद्धता जनाए ।नगरपालिका जित्दै गर्दा राजनैतिक
दलको उच्च स्तरीय राजनैतिक संयन्त्र निर्माण गरेर ढोरपाटनको सुशासन र समृद्धिको निम्ती सबैको साथ सर्मथन र अपनत्वमा अगाडी बढ्ने बताए । उपप्रमुखका उम्मेदवार धनबहादुर कायतले गठबन्धनले लिएको एजेन्डालाई टेकेर आफुहरु निर्वाचनमा होमिएको र जनताको आशा र भसोसालाई आत्मसाथ गर्दै जनभावना अनुसार अगाडी बढ्ने र प्रतिगामी तत्वलाई परास्त पार्नका नेता कार्यकर्ता एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ।
यस्तै ढोरपाटन नगरपालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बैशाख १२ र १३ गते उम्मेदवारी दिएका ५५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ३१ जना उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट ३ जना गरी कुल ३५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
१० जनाले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । जसमा ४ जनाले आज फिर्ता गरेका छन् । नेपाली काँग्रेसका नेता शैलेस घर्तीले स्वतनत्र उम्मेदवारी फिर्ता गरेका छन् । जसपा नेता गंगा बहादुर घर्ती, राजमो नेता दलबहादुर भण्डारी र गणेश कुमार थापाले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका मध्ये २ जनाले फिर्ता लिएका छन् । नेपाली काँग्रेसकी नेतृ दिलमाया पौवी र भिमकुमारी क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गरेका ३ जनाले गठवन्धनका उम्मेदवारलाई समर्थन गर्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका हुन । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष र वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ६ जना मध्ये ५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । उनीहरुले गठबन्धलाई सघाउने बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेता दल बहादुर भण्डारीले समेत गठबन्धलाई सघाउने बताएका छन् ।
नेपाली काँग्रेसका नेता तथा कार्यक्रताले समेत गठवन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित वडा अध्यक्ष र सदस्यमा दिइएको उम्मेदवारी फिर्ता गरेका हुन् । निर्वाचन कार्यालय ढोरपाटनका अनुसार ५५ जना मध्ये ३१ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि २४ जनाले फिर्ता गरेका छैनन् ।











