ढोरपाटन नगरपालिमा मेयरको लागि ६ जना र उपमेयरमा ३ जनाले प्रतिस्पर्धा गर्ने

ढोरपाटन नगरपालिमा मेयरको लागि ६ जना र उपमेयरमा ३ जनाले प्रतिस्पर्धा गर्ने

टिकाराम भट्टराई

@समय नेपाल

२०७९ बैशाख १८ गते आईतबार ०८:३८

बुर्तिबाङ- आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिमा मेयरको लागि ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त ५ दलिय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याल,नेकपा एमालेबाट...

बुर्तिबाङ- आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिमा मेयरको लागि ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

संयुक्त ५ दलिय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याल,नेकपा एमालेबाट देव कुमार नेपाली,राप्रपाबाट निम बहादुर भण्डारी,नेपाल दलित पाटीबाट टेक प्रसाद कामी,मंगोल नेशनल अर्गनाईजेसनबाट गोबरधन घर्ति मगर र स्वतन्त्र श्याम घर्ति मगर रहेका छन् ।


मेयरमा संयुक्त ५ दलिय गठबन्धनको तर्फबाट अर्याललाई गोलाकारभित्र हसिया हथौडा,एमालेका नेपालीलाई सुर्य,राप्रपाका भण्डारीलाई हलो,नेपाल दलित पाटीका कामीलाई ईनार,मंगोल नेशनल अर्गनाईजेसनका घर्तिलाई कुखुराको भाले र स्वतन्त्र श्याम घर्तिमगरलाई पुतली निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

यस्तै उपमेयरमा ३ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त ५ दलिय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका धनबहादुर कायत कल्याण रुख,नेकपा एमालेको तर्फबाट विद्रोही राजमो समुहकी तारा कुमारी पुन सुर्य र मंगोल नेशनल अर्गनाईजेसनबाट पार्वती पुन मगरलाई कुखुराको भाले निर्वाचन चिन्ह प्रदान गरिएको जनाईएको छ ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर १ मा ३ जना, वडा नम्बर २ मा ३ जना,वडा नम्बर ३ मा ३ जना,वडा नम्बर ४ मा २ जना,वडा नम्बर ५ मा २ जना,वडा नम्बर ६ मा ४ जना,वडा नम्बर ७ मा ३ जना,वडा नम्बर ८ मा ७ जना र वडा नम्बर ९ मा ३ जनाले वडा अध्यक्षको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रकाशित मिति २०७९ बैशाख १८ गते आईतबार ०८:३८
प्रतिक्रिया दिनुहोस्