बागलुङको निसीखोलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ बर्षिय डिलमणी थापाको आईतबार (आज) दिउँसो भीरबाट लडेर मृत्यु भएको हो ।
घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जंगलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भीरबाट लडेका थिए । उनलाई तत्काल उद्दार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नीरिक्षक राजाराम खड्काले जानकारी दिए ।
थपाको टाउकोमा गहिरो चोट लागेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए ।
प्रकाशित मिति २०७९ बैशाख १८ गते आईतबार ०६:०४