ढोरपाटन ३ मा स्वतन्त्र उमेद्वारी दिएका छन्त्यालले बाम गठबन्धनलाई सघाउने

ढोरपाटन ३ मा स्वतन्त्र उमेद्वारी दिएका छन्त्यालले बाम गठबन्धनलाई सघाउने
२०७९ बैशाख १९ गते सोमबार १२:१२

नेकपा एमालेको लामो राजनैतिक यात्रामा रहेका ढोरपाटन नगरपालिका वडा नं. ३ का लिलाजंग छन्त्यालले स्वतन्त्र उमेदवारी दिएका थिए । पार्टिको राजनैतिक यात्रामा आफ्नो लगाव र बलिदान रहेको भन्दै वडा अध्यक्षको दावेदार रहेका छन्त्याललाई...

नेकपा एमालेको लामो राजनैतिक यात्रामा रहेका ढोरपाटन नगरपालिका वडा नं. ३ का लिलाजंग छन्त्यालले स्वतन्त्र उमेदवारी दिएका थिए । पार्टिको राजनैतिक यात्रामा आफ्नो लगाव र बलिदान रहेको भन्दै वडा अध्यक्षको दावेदार रहेका छन्त्याललाई पार्टिले टिकट नदिएपछि स्वतन्त्र उमेद्वारी हालेका हुन् ।
छिल्लो पटक पार्टिका नेता कार्यकर्ताहरुको भावना अनुसार उमेदवारीबाट पछि हट्नुपर्ने अवस्था आएको भन्दै नगरप्रमुखका उमेद्वार देवकुमार नेपालीसँग लिखित रुपमा पार्टिको उमेद्वारलाई सघाउने गरि आफ्नो उमेद्वारीबाट पछि रहेको जनाएका छन् ।
स्वतनत्र उमेदवार बनेका छन्त्याललाई निर्वाचन कार्यालयले कैंची चिन्ह दिएको थियो ।

प्रकाशित मिति २०७९ बैशाख १९ गते सोमबार १२:१२
प्रतिक्रिया दिनुहोस्