गजल विधामा पोख्त र सोही कलाले चिनिएका अञ्चल शाही यतिवेला स्थानीय तह निर्वाचनमा दल त्यागेर स्वतन्त्र उमेद्वारी दर्ता गरेका छन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका शाही पार्टिका तर्फबाट निसीखोला गाउँपालिका वडा नं. ३ मा वडा अध्यक्षको दावेदार हुन् । पार्टि गठबन्धनमा रहेको र उमेदवार समेत गठबन्धनबाट अर्कै पार्टिलाई परेपछि उनले स्वतन्त्र रुपमा पालिकाकौ अध्यक्ष पदमै उमेदवारी दिए ।
चुनाव विषेश ५ प्रश्नहरु उनले यसरी झेलेका छन् ।
प्रश्न १ स्वतन्त्र उमेदवारी रहर कि कहर ?
शाही : रहर पनि भनौं कहर पनि ।
प्रश्न २ रहर केका लागि कहर कस्का लागि ?
शाही : रहर युवा पुस्ताका लागि, कहर जनताको सेवाका लागि
प्रश्न ३ स्वतन्त्र गतिलो कि दलप्रतिको अस्था अगतिलो ?
शाही : नागरिक स्वतन्त्रता चाहन्छ । हिजोसम्म दलगत आस्थामा हुँदा गल्ती गरेको महसुस पनि गरें । अव भन्छु सही राजनीति गर्नेहरुलाई दल प्यारो, म जस्तोलाई दलको अलमल भन्दा सबैको न्यानो मायाँको आँचल प्यारो ।
प्रश्न ४ गर्नुपर्ने के छ ? जाँगरले पत्याँछ त ?
शाही : म यो देशलाई मायाँ गर्ने एक नागरिक हुँ । मेरो क्षमता र बलबुताले मेरो मातृभूमिका लागि गर्नुपर्ने धेरै छ । अधिक छ । तर जैजालमा फसेको समाजले पत्याए जाँगर बेस्कन छ । नपत्याएपनि कस्सिनु छ ।
प्रश्न ५ नारिकलाई के भन्ने ?
शाही : नागरिकलाई स्वतन्त्र हुनुस् । हाम्रो मात्र होइन राम्रो छान्ने क्षमता राख्नुस भन्ने ।










