बागलुङको ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उमेद्वार तथा नगरप्रमुखका प्रत्यासी चन्द्रलाल अर्यालले आफुले जिते नगरमा सुशासन र समेृद्धि ल्याउने बताउनुभयो ।
ढोरपाटन नगरपालिकाको वडा नं. ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले, ढोरपाटन नगरपालिका मितव्ययी नभएको, सुशासनमा नचलेको र विभिन्न अनियमितताको डुँगुरमा फसेको बताउँदै, त्यो फोहोरको डुँगुर सफा गर्न गठबन्धनको उमेदवारी रहेको बताउनुभयो ।

बैशाख ३० हुने चुनावमा जनता सामु प्रतिबद्धता व्यक्त गर्न चुनावी कार्यक्रममा पुगेका अर्याल सहित उपप्रमुखका उमेदवार धनबहादुर कायत (कल्याण) वडा अध्यक्ष तथा सदस्यका उमेदवारहरु कार्यक्रममा सहभागी बन्नुभएको थियो । उहाँहरुले आफूहरु नगरमा पुगेपछि, शिक्षा ,स्वास्थय, रोजकारी, कृषि पशुपालन, पुल बाटो खानेपानी, तटबन्ध लगाएतका जनताको जनजीविकामा प्रत्यक्ष फाईदा पुग्ने काम गर्ने बताउनुभयो ।
ढोरपाटनमा पर्यटल भित्र्याउने, कृषि हवका रुपमा विकास गर्ने, बुर्तिबाङ—ढोरपाटन सडक तत्काल स्तरउन्नति र कालोपत्रे गर्ने, नगरमा सुशासन कायम गर्ने, नगर उपप्रमुखका उमेदवार कायतको भनाई थियो । कार्यक्रममा अन्य दलका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको जनाईएको छ ।
मिलिजुली खान गठबन्धन गाउँ पसेको नेपालीको आरोप
यस्तै ढोरपाटन नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार देवकुमार नेपालीले मिलिजुली खान पाँच दलीय गठबन्धन गाउँ पसेको आरोप लगाउनु भएको छ ।
स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा ढोरपाटन नगरपालिकाको वडा नं. ४ छपाते–लुकुरबनमा आयोजित चुनावी सभामा बोल्दै नेपालीले,‘ पाँच पाँच दल मिलेर चुनावमा जानुको औचित्य उनीहरुले पुष्टि गर्न नसक्ने बताउँदै, यिनीहरु र यिनका प्रतिनिधिहरु हेर्नुस सबका सब बदनामित मात्र भएको बताउनुभयो । मिलेर खानका लागि गठबन्धन गरेर गाउँगाउँमा पुगेको आरोप लगाउनुभएको थियो ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चा बिद्रोही समुहको संयुक्त चुनावी कार्यक्रममा बोल्दै नेपालीले बर्तमान गठबन्धन देश र जनताको लागि नभइ मिलिजुली खाने उद्धेश्यले एक ठाउँमा भएको बताउनुभयो । कार्यक्रममा बोल्दै, नेपालीले बितेको पाँच बर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, गरिबी निवारण लगाएत बिकास निर्माणमा महत्वपुर्ण जिम्मेवारी पूरा गरेको र त्यसकै जगमा समृद्ध नगरको परिकल्पना सहित यो टिम फेरि जनताका बीचमा आएको दावी गर्नुभयो ।
यस्तै राजमो (बद्रोही) समुहबाट नगर उप–प्रमुखकी उम्मेदवार तारा कुमारी पुनले महिला बिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको दावी गर्नुभयो । राजनीतिले पछि परेका महिलालाई अग्राधिकार सहित अघि ल्याउने भनेको छ । तर अहिलेका दलहरु गठबन्धनको नाममा महिलाको अधिकारमाथि कुल्चेर पुरुषलाई नै उपप्रमुखमा ल्याएको भन्दै, महिलाको अधिकारको रक्षा र महिला हक तथा अधिकारको सुरक्षका लागि आफ्नो उमेद्वारी रहेको बताउनुभयो । राज्यको पहँुचमा महिलाहरु पुग्नुपर्ने र त्यसका लागि सबै महिलाहरुको साथ रहनेछ भन्ने भरपुर अपेक्षा रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा बाम गठबन्धनका तर्फबाट वडा नं. ४ का वडा अध्यक्षका उमेद्वार तिलक पुनले मन्तव्य राख्नुभएको थियो । निर्वाचनमा जनताले सक्षम, क्रियाशील र गाउँमै बसेर जनताको सेवामा समर्पित प्रतिनिधिलाई भोट हाल्नुपर्ने बताउनुभयो । स्थानियको समस्या बुझ्ने गाउँका मान्छेले गाउँकै उमेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो ।











