एमाले बागलुङका दुई नेता पदमुक्त

एमाले बागलुङका दुई नेता पदमुक्त
२०७९ बैशाख २० गते मङ्गलबार ११:५८

बागलुङ- नेकपा एमाले बागलुङले दुई जना जिल्ला सचिवालय सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेको छ । अध्यक्ष हिराबहादुर केसीले सचिवालय सदस्य खिम बहादुर थापा र पुनम प्रसाद शर्माले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । पार्टीका आधिकारिक...

बागलुङ- नेकपा एमाले बागलुङले दुई जना जिल्ला सचिवालय सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेको छ । अध्यक्ष हिराबहादुर केसीले सचिवालय सदस्य खिम बहादुर थापा र पुनम प्रसाद शर्माले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

पार्टीका आधिकारिक उमेद्वारविरुद्धमा आगामी स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका–३ बाट वडा अध्यक्षमा उमेद्वारी दिएका पुनम प्रसाद शर्मालाई अनुशासनको कारवाही गर्दै उनले पार्टीका विभिन्न तहमा पाएका जिम्मेबारीबाट समेत मुक्त गरिएको प्रचार विभागका प्रमुख चन्द्र गणेश शर्माले बताए ।

त्यस्तै, पार्टीको निर्णयभन्दा बाहिरबाट उमेद्वार बन्न उस्काउने, पार्टीका नेता कार्यकर्तालाई भड्काउने र विपक्षीको पक्षपोषण गरेको भन्दै अर्का सचिवालय सदस्य खिमबहादुर थापाको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेबारी मुक्त गरिएको शर्माले बताए ।

प्रकाशित मिति २०७९ बैशाख २० गते मङ्गलबार ११:५८
प्रतिक्रिया दिनुहोस्