नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको बिद्रोह समुहले ढोरपाटन नगरपालिका वडा नं ९ को दुई स्थानमा चुनावी सभा गरेको छ । मंगलबार एमाले र राजमो को बिद्रोह समुहले वडा नं ९ को दुवाल र मुम्लामा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेको हो ।
उम्मेदवारहरु वडा पुग्दा स्थानिय बासिन्दाले फुलमाला र अविर लगाएर भव्य स्वागत गदै एमालेलाई मतदान गर्ने बताएका थिए । आयोजित चुनावी सभामा बोल्दै एमालेबाट ढोरपाटन नगरपालिकाका मेयरका उम्मेदवार देव कुमार नेपालीले एमालेले सार्वजनीक गरेको घोषणापत्रलाई पूर्णरुपमा कार्यान्वयन गर्दै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

‘नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उहाँले भन्नुभयो । नेपालीले ढोरपाटन लाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री नगर बनाउने बताउनुभयो ।
उपमेयरका उम्मेदवार तारा कुमारी पुनले ढोरपाटनको समग्र विकासको गुरुयोजना निर्माण गरेर चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ढोरपाटन लाई महिला हिंसामुक्त नगर बनाउँदै बेरोजगार युवायूवतीलाई स्वरोजगार बनाउने बताउनुभयो । ‘म आमा, छोरी र दिदी भएका कारण महिला हिंसा, बालमैत्री र बाहिनीहरुलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने छु ।’ उहाँले भन्नुभयो ।
त्यस्तै वडा नं ९ का अध्यक्षका उम्मेदवार खिम बहादुर घर्तिले सिंहदरबारको अधिकार वडा र गाँउगाँउमा आएको बताउदै अव जनतालाई घरबाटै सेवा प्रहाव गर्ने ब्यवस्था मिलाइने बतानुभएको हो । ढोरपाटन क्षेत्रको पर्यटन बिकास सँगै स्वास्थ्य, शिक्षा खानेपानी, सडक, विद्युत् लगाएतका बिकासका योजनालाई पुर्णता दिन एमालेको बिकल्प नरहेको उहाँको भनाई थियो । यसैबीच नगरको वडा नं ५ का राजमो नेता होम बहादुर घर्ति एमालेमा प्रवेश गर्नुभएको बताइएको छ ।











