पाँच वर्षमा दुई हजार युवालाई गाउँमै स्वरोजगार बनाउने अभियानमा लाग्छु– उम्मेदवार अर्याल

पाँच वर्षमा दुई हजार युवालाई गाउँमै स्वरोजगार बनाउने अभियानमा लाग्छु– उम्मेदवार अर्याल

छविलाल पाण्डे

@समय नेपाल

२०७९ बैशाख २२ गते बिहिबार ०७:२९

बुर्तिबाङ- ढोरपाटन नगरपालिकाका मेयर पदका उम्मेदवार चन्द्र अर्यालले ढोरपाटनमा कम्तीमा दुई हजार युवालाई गाउँमै रोजगारी दिने वातावरण बनाउने बताएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार अर्यालले एक अन्तरवार्तामा ढोरपाटनको समृद्धि...

बुर्तिबाङ- ढोरपाटन नगरपालिकाका मेयर पदका उम्मेदवार चन्द्र अर्यालले ढोरपाटनमा कम्तीमा दुई हजार युवालाई गाउँमै रोजगारी दिने वातावरण बनाउने बताएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार अर्यालले एक अन्तरवार्तामा ढोरपाटनको समृद्धि र विकासले गति लिन नसेको भन्दै आफुले निर्वाचनमा जित हाँसिल गरेमा पाँच दलीय गबन्धनसहित विपक्षी दलहरुसँग सहकार्य गरि काम गर्ने बताए ।

ढोरपाटनमा प्रचुर सम्भावना हुँदा हुँदै पनिपछि परेको भन्दै कृर्षि, पर्यटन, जल तथा जडिवुटी लगाएतका क्षेत्र र विभिन्न स्वरोजगार मुलक पेसा व्यवसायलाई अगाडी सारेर साना तथा ठुलो उद्यम मार्फत सयौँ युवाले गाउँमै रोजागरी पाउने गरी आफुल वातावरण सृजना गर्ने प्रतिबद्धता जनाए । संघीयतासंगै स्थानीय तहलाई धेरै जिम्मेवार थपिएको भन्द पालिकालाई आफै आत्मनिर्भर र समृद्ध बनाउन धेरै योजनाहरु हुनु पर्ने र त्यो योजना आफूसँग भएको बताए । दलका अग्रज नेता तथा युवाहरुको साथ लिएर पाँच वर्षमा धेरै परिणाम आउने गरी आफुले जनताको निम्ती काम गर्ने बताए । स्वास्थ्य क्षेत्रमा समस्या निकै भएको र सुविधा सम्पन्नअस्पतालको व्यवस्था, गाउँगाउँमा स्वास्थ्य इकाईको दीर्घकालीन व्यवस्थापन, कक्षा १२ सम्म निशुल्क शिक्षा र यस क्षेत्रकै एक मात्र निसीभुजी जनता क्याम्पसलाई व्यवस्थापन गर्ने समेत बताए । उनले क्याम्पससम्म निशुल्क अध्ययन गर्ने वातावारणका लागि आफ्नो प्रयास रहने भन्दै विकास र समृद्धिका लागि प्रदेश, संघ सरकार र विभिन्न दातृ निकायसँग सहकार्य गरेका काम गर्ने बताए ।

ढोरपाटनलाई पर्यटकीय हब बनाउने भन्दै त्यसका लागि डिपिआर तयार गरि काम गर्ने बताए । ढोरपाटनमा उत्पादित आलुलाई विदेशसम्म पु¥याउन विभिन्न उद्योग स्थापना गरी आलुका विभिन्न परिकार बनाएर पहिचान बनाउने र धेरैलाई रोजगार दिने उनको भनाई छ ।

प्रकाशित मिति २०७९ बैशाख २२ गते बिहिबार ०७:२९
प्रतिक्रिया दिनुहोस्