गठबन्धनको पुर्काट र घोँसाखानीमा चुनावी सभा – ढोरपाटनमा भष्ट्राचारको अन्त्य गर्ने प्रतिबद्धता

गठबन्धनको पुर्काट र घोँसाखानीमा चुनावी सभा – ढोरपाटनमा भष्ट्राचारको अन्त्य गर्ने प्रतिबद्धता
२०७९ बैशाख २३ गते शुक्रबार ०८:१०

बुर्तिबाङ : पाँच दलीय गठबन्धनको चुनावी सभा ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ पुर्काट र घोँसाखानीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार चन्द्रलाल अर्यालले ढोरपाटनको विकास र नगरपालिकामा भइरहेको मनोमानी, बेतिथी...

बुर्तिबाङ : पाँच दलीय गठबन्धनको चुनावी सभा ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ पुर्काट र घोँसाखानीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार चन्द्रलाल अर्यालले ढोरपाटनको विकास र नगरपालिकामा भइरहेको मनोमानी, बेतिथी र विकृतिको अन्त्य गर्नका लागि पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको बताउनु भयो ।

पाँच दलीय गठबन्धन विगत दुई वर्ष पहिलेदेखि निर्माण भएको भन्दै यहाँको विकास समृद्धि र जनताको आवश्यकता परिपूर्तिका लागि आफुहरु साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएको बताए । जनमतलाई अपमान हुने गरी कहिल्यै आफुले काम नगर्ने प्रतिबद्धता जनाए । ढोरपाटनको विकास निकैपछि परेको र गाउँका जनताको आवश्यकता धेरै भए पनि स्थानीय सरकार आएपछि हुनुपर्ने विकास र आधारभुत समस्या सम्बोधन हुन नसकेका कारण यस पटकको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन मतदातालाई अपिल गरे ।

कार्यक्रममा उपमेयरका उम्मेदवार धन बहादुर कायत कल्याणले गठबन्धन क्षणिक र स्वार्थका लागि नभई ढोरपाटन नगरमा भएको वेतिथीको अन्त्य र यहाँको विकास जनताको भएको बताए । आफुहरु पारदर्शीता, विधी पद्धती र जनताको प्रत्यक्ष सरोकार राख्ने समस्यासँग जोडिएर काम गर्ने भन्दै गठबन्धनका उम्मेदवारको जित सुनिश्चत गर्नका निम्ती मतदान गरी विजयी गराउन अपिल गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपाध्यक्ष सागर छन्त्याल, माओवादी नेता तुल्सीराम अर्याल, ददिराम शर्मा, निल बहादुर पुन, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष केशर छन्त्याल, जनता समाजवादी पार्टीका ढोरपाटन नगर अध्यक्ष गंगा बहादुर घर्ती, राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे लगाएतले बोलेका थिए । कार्यक्रम डिल बहादुर पुनको अध्यक्षता, गमी बुढाको स्वागत र रेशमलाल सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति २०७९ बैशाख २३ गते शुक्रबार ०८:१०
प्रतिक्रिया दिनुहोस्